काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार थप १ हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको कोरोना अपडेटमा काठमाडौँमा १ हजार ११३ जना, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जना गरी कुल १ हजार ३५७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
आज उपत्यकामा थपिएको पोजेटिभ संख्या देशभर थपिएको संख्याको ५४ प्रतिशत हो ।
आज देशभर कुल २ हजार ५०८ जना कोरोना पोजेटिभ थपिएका छन् । मन्त्रालय चौविस घण्टाको अवधीमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको जानकारी दिएको छ । यहि अवधीमा डिस्चार्ज हुनेको संख्या २ हजार २८४ रहेको छ ।
उपत्यकामा आज थपिएको र डिस्चार्ज भएको संख्याको हिसाव गर्दा सक्रिय संक्रमितको संख्या २० हजार ३४४ पुगेको छ । त्यसमध्ये काठमाडौँ जिल्लामा १६ हजार ८९० जना, भक्तपुरमा १ हजार १५१ जना र ललितपुरमा २ हजार ३०३ जना कोरोनाका सक्रिय संक्रमित हुन् ।