वीरगन्ज ।वीरगन्जमा १ सहित देश भर थप १७ जना कोकोरोना संक्रमितको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जद्वारा सञ्चालित बाबा होटलको आइसोलेशनमा उपचाररत बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी ६२ वर्षिय वृद्धको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ यस ८४ रहेको छ । त्यसैगरी २९६ आइसीयूमा र ६९ जना भेन्टीलेटरमा उपचाररत छन् ।