वीरगञ्ज । चित्रांश युवा समितिको आयोजनामा मिथिला चित्रकला प्रतियोगिता चित्र मञ्जरी २०२० सम्पन्न भएको छ ।
२१ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रतियोगितामा लिसा कर्ण प्रथम, दितिय सुभेक्षा कर्ण र सलोनी कर्णले तृतिय स्थान हासिल गरेका छन् ।
विजेताहरुलाई मेडल, प्रमाणपत्र तथा धनराशी प्रथमलाइ ५५५५/ दोस्रोलाई ३३३३/ र तेस्रो हुनेलाइ ११११/सहित पुरस्कार वितरण गरिएको थियो ।
मिथिला चित्रकला मात्र जनकपुर र वीरगञ्ज मात्र कला नभएर देश र बिदेश बालि को कला भै सकेको बताउनुभयो । मिथिला पेन्टिङ लाई बिदेश मा धेरै रूचाउने भएकोरहेको यदि एलाई आर्थिक आम्दनी को स्रोत पनि वनाउन सकिने मा. संसद लक्ष्मन लाल कर्ण बताउनुभयो ।
चित्रगुप्ता समितिका अध्यक्ष महेश दासको सभापतित्वमा भएको कार्यक्रममा पर्सा क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा रन्जिभ आनन्द, निता मल्लिकले निर्णायकको भुमिका निर्वाह गरेको चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।कार्यक्रमको सहजिकरण चित्रांश युवा समितिका सदस्य विवेक कर्णले गरेका थिए ।https://youtu.be/CbjivNilYC8 https://youtu.be/N2Y-OtTbBYw