भारत | भारतमा धेरै दिनपछि कोरोना भाइरबाट एक दिनमा हुने संक्रमण दर निकै घटेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा मात्र कोरोना पुष्टि भएको हो। यही अवधिमा सोही संक्रमणका कारण ४८८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६हजार ४२९ पुगेको छ भने अहिलेसम्म यसबाट कूल १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ९ लाख ५८ हजार जनाको कोरोना परीक्षण गरिएको थियो।