पर्सा । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ ।नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले सरकार र प्रहरीबिरुद्ध चर्को नारावाजी गर्दै प्रर्दशन गरेका हुन् ।
घटनाको तीनदिन वितिसक्दा पनि सचिव मुकेश चौरसियाको आफन्तले उठाएका छैनन् ।जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लना व्यक्तिहरुको जाहेरी दर्ता नगरेको कारण विरोध झन चर्कदै गएको छ ।घटनामा संलग्न व्यक्तिहरुलाई सरकारले संरक्षण गर्न खोजेको भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले हिजै मुदा दर्ता गर्ने सहमति भइसके पनि प्रहरी उपरीक्षक गंगा पन्थले मुद्धा दर्ता नगर्नु आश्यर्चयजनक भएको बताउनुभयो ।। पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् । जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।
चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले बचाउन हालसम्म जाहेरी दर्ता गर्नै नमानेको भन्दै पर्सा प्रहरीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको बताएका हुन् । चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप उनीहरूको छ ।
मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन कुनै पनि हालतमा पछाडि नहट्ने उनीहरूको अडान छ । शान्तिपूर्ण प्रदर्शनमा (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव ,बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीलगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।