वीरगंज | प्रहरीले पर्साको वीरगंजबाट बरामद गरेको २३ किलो बढी सुन थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।बरामद भएको सुन अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको हो ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले सुनसंगै बरामद भएको कागजपत्र पनि राजस्व कार्यालयमा बुझाएको जानकारी दिए ।
प्रहरीले अनुसन्धानबाट हालसम्म भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको पत्ता लगाएको छ ।
प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको थियो ।