नागोर्नो कराबाख क्षेत्रमा जारी संघर्षकाबीच अजरबैजानले शनिवार अर्मेनियाले आफ्नो दोश्रो ठूलो शहरमा ब्ल्यास्टिक मिसाइल हमला गरेको बताएको छ ।
हमलामा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाईते भएको अजरबैजानले बताएको हो । तर अर्मेनियाली रक्षा मन्त्रालयले भने यो समाचारमा इन्कार गरेको छ ।
दुबै देशबीच रुसको मध्यस्थतामा भएको युद्धविराम पछि पनि युद्ध जारी छ ।
अजरबैजानका अधिकारीका अनुसार सोवियत कालमा निर्मित स्कड मिसाइलबाट गान्जा शहरमा हमला हुँदा २० आवासीय घरहरु नष्ट भएका छन् ।
एजेन्सीको सहयोगमा