वीरगंज। आर्थिक अवस्था कम्जोर भएको एक परिवारलाई भाईजानस अफ वीरगंज समुहले सहयोग गरेको छ ।पैसाको आभावमा उपचारबाट बञ्चित भइरहेको परिवारलाई समुहले आर्थिक सहयोग गर्नका साथै दुई महिनासम्म पुग्ने रासनसमेत उपलब्ध गराएको हो ।
वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार गराउन आएको परिवारसँग बेड चार्ज तिर्ने समेत क्षमता थिएन ।परिवारको अवस्था बारे म्रुलीका बासिन्दा हैदर अलिले जानकारी पाएपछि उनले भाईजानस अफ वीरगंज समुहको सहकार्यमा परिवारको उद्धार गरेर उनीहरुको उपचार गराउन अस्पतालमा भर्ना गराएका थिए ।
उनीहरुलाई १० दिनको उपचारपछि डिस्चार्ज गरिएको अलिले जनाकारी दिए ।अलिले परिवारलाई लत्ताकपडा, खाद्यान्न र पौष्टिक आहारसहतिको औषधि सहयोग गरेका छन् ।