• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमित ट्रम्पले गरे चुनावी र्‍याली

  • वीरगंज संजाल
  • २८ आश्विन २०७७, बुधबार ०९:०२
  • ५७६१

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ बाट संक्रमित भएको दुई साताभन्दा कम समयमै चुनावी र्‍याली आयोजना गरेका छन् । फ्लोरिडामा उपस्थित भीडलाई सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यावस्था निकै उत्तम रहेको ‘रोगप्रतिरोधी’ बनेको बताए ।

    ट्रम्पले चुनावी प्रतिस्पर्धी जो बाइडेनलाई ‘कट्टर समाजवादीहरूको कठपुतली’ को संज्ञा दिएका बीबीसीले उल्लेख गरेको छ ।सम्बोधनका क्रममा ट्रम्पले सञ्चारमाध्यमप्रति पनि आक्रोश व्यक्त गरेका थिए । सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको उनको दाबी छ । ट्रम्पले यसअघि पनि पटक–पटक सञ्चारमाध्यमलाई विभिन्न आरोप लगाउने गरेका थिए ।

    फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा गरिएको र्‍यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए । उनले समर्थकलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको भन्दै आलोचना गरेका छन् । कोभिड–१९ को संक्रमणपछि क्वारेन्टाइमा रहेकी ह्वाइटहाउसकी प्रेस सचिव केली मकइनानीले र्‍यालीका सहभागीलाई मास्क लगाउन प्रोत्साहन गरिने र सेनिटाइजरको व्यवस्था गरिने बताएको बीबीसीले जनाएको छ ।

    डेमोक्र्याट प्रतिस्पर्धी बाइडेनले पनि राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन् । ‘राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड त आए । तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार र त्रास फैलाउने कामबाहेक केही ल्याएनन् ।’ राष्ट्रपति ट्रम्पले आगामी चार दिनमा विभिन्न चार राज्यका चुनावी कार्यक्रम गर्नेछन् । उनको कार्यक्रम राखिएको राज्यमा चुनावी प्रतिस्पर्धा निकै कडा हुने ठानिएको छ । हालसम्म न्युयोर्कका बासिन्दा रहेका ट्रम्प एक वर्षअघि फ्लोरिडाका पनि बासिन्दा बनेका थिए ।

    फ्लोरिडाको र्‍यालीपछि उनले पेनसिल्भेनिया, आयोवा र नर्थ क्यारोलिनामा कार्यक्रमहरू गर्दै छन् । ती राज्यहरूमा खासगरी कोभिड–१९ बाट बच्ने सावधानीबारे ट्रम्पको धारणा परिवर्तन भए/नभएको सुन्न प्रतीक्षा गरिएको छ । नोभेम्बर ३ मा हुने चुनाव जित्न ट्रम्पले फ्लोरिडा राज्यमा विजय हासिल गर्न आवश्यक छ । उनका प्रतिस्पर्धी जो बाइडेन भने हाल ओहायो राज्यको भ्रमणमा छन् ।

    विभिन्न मत सर्वेक्षणहरूले राष्ट्रियस्तरमा बाइडेन ट्रम्पभन्दा १० अंकले अगाडि देखाएका छन् । तर कडा प्रतिस्पर्धा हुने ठानिएका केही राज्यहरूमा भने उनको अग्रता थोरै रहेको जनाइएको छ । रियल क्लियर पोलिटिक्स संस्थाको मत सर्वेक्षणसम्बन्धी औसत नतिजाअनुसार फ्लोरिडा राज्यमा बाइडेन ३.७ अंकले मात्र अगाडि छन् । राष्ट्रपति पदमा विजयी हुन फ्लोरिडा र ओहायो राज्यमा चुनाव जित्नु निकै महत्त्वपूर्ण मानिन्छ । सन् २०१६ मा ट्रम्प फ्लोरिडामा झिनो अन्तरले विजयी भएका थिए ।

    राष्ट्रपति ट्रम्पलाई ११ दिनअघि कोभिड–१९ को लक्षण देखिएको थियो । उनलाई उपचारका लागि एक दिनपछि अस्पताल भर्ना गरिएको थियो । ट्रम्पका निजी चिकित्सकले आइतबार उनीबाट अन्य मानिसमा भाइरसको संक्रमण सर्ने जोखिम नरहेको जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑