आज:
  • होमपेज / Breaking News

    यी हुन् कोरोनाभाइरस विरुध्द उपयोगी जडीबुटी

  • वीरगंज संजाल
  • २८ आश्विन २०७७, बुधबार ०७:०१
  • ६०६९

    जडीबुटीले कोभिड–१९ निको पार्दैन। तर, यसको प्रयोगले भाइरसको वृद्धि कम गराउँछ, रोगसँग लड्ने क्षमता बढाउँछ। अहिले विश्वमा कोभिड–१९ संक्रमित साढे तीन करोड नाघिसकेका छन्। मृत्यु हुने साढे १० लाख कटेका छन्। एक जना सक्रिय संक्रमित देखिएपछि गएको ११ चैतमा मुलुकभर बन्दाबन्दी घोषणा गरिएको नेपालमा अहिले संक्रमितको संख्या एक लाख नाघिसकेको छ। २३ असोजसम्म ६०० भन्दा बढी नेपालीको ज्यान पनि गइसकेको छ।

    यसबीच कोरोनाभाइरसका खोप बन्दै गरेका, बनिसकेका, अन्तिम परीक्षण भइरहेका जस्ता समाचार बरोबर आइरहेका छन्। यो भाइरसको उद्गम देश चीनले संकमितलाई परम्परागत जडीबुटी प्रयोगबाटै सफल उपचार गरेको जस्ता खबर पनि पढ्न पाइएको छ। तर, यसबारे पर्याप्त प्रमाणसहितको वैज्ञानिक तथ्य भने आउनै बाँकी छ।

    डा. मित्र पाठक
    यही अनुसन्धानकै क्रममा कीर्तिपुरस्थित आयुर्वेद टिचिङ हस्पिटल र नवलपुर, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले नेपालकै जडीबुटी प्रयोग गरेर कोरोना उपचार गर्न सकिने दाबी पनि सुनिएको छ।

    यो लेखको उद्देश्य भने रोगसँग लड्ने क्षमता भएका हाम्रा जीिडबुटीबारे संक्षेपमा जानकारी दिनु हो। ती जडीबुटी प्रयोग र सेवनको विधि बताउनु हो।

    तुलसी, नीम र गुर्जो
    तुलसी, नीम र गुर्जोको पात र फूल सुकाएर चियाको रूपमा पिउने, उमालेर वाफ लिंदा वा यसको रस पानीसँग मिसाएर पिउनाले रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ। तर, यसको धेरै सेवनले बढी गर्मी हुने संभावना पनि हुन्छ। नीमको पातलाई पकाएर झोल पिउनु उपयुक्त हुन्छ।

    गुर्जो लहरा प्रजातिको वनस्पति हो। यसको उपयोगी भाग डाँठ हो। यसको डाँठको टुक्रा बनाई सुकाउने अनि उमालेर महसँग खाली पेटमा खानु स्वस्थकर मानिन्छ। यी वनस्पति भाइरसजन्य रोग लाग्न नदिन सहयोगी मानिन्छन्।

    त्रिफला
    हर्रो, बर्रो, अमलाको फलबाट त्रिफला बनाइन्छ। यसको नियमित सेवनले रोगसँग लड्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। यी फललाई छुट्टा छुट्टै खाँदा पनि उत्तिकै फाइदा हुन्छ।

    मसलाजन्य जडीबुटी
    लसुन, प्याजमा हम्मेसी ढुसी लाग्दैन। स्वास्थ्यका लागि स्थानीय जातको सानो लसुन, प्याज उपयोगी छन्।

    लसुनलाई तातोपानीमा उमालेर, महसँग पेस्ट बनाएर, तरकारीमा हालेर वा जुनसुकै तरिकाले पनि सेवन गर्न सकिन्छ।

    अदुवा र बेसार पनि स्वस्थ शरीरका लागि सहायक मानिन्छन्। बेसारलाई दूधसँग खान सकियो भने अझ उपयोगी सावित हुन्छ।

    कालो जीरा कोभिड–१९ को उपचारमा उपयोगी साबित भएको आयुर्वेदिक चिकित्सकको ठहर छ।

    सजिवन, जेठीमधु र अश्वगन्धा
    सजिवन तराई तथा पहाडी भेगमा पाइने सानो रूख प्रजाति हो। मोरिङ्गा पनि भनिने यो वनस्पतिमा थुप्रै प्रकारका पोषणतत्व हुन्छन्। यसमा दूधमा भन्दा बढी क्याल्सियम हुन्छ।

    सजिवनको फल तरकारी बनाएर पनि खाइन्छ। यसको फल भन्दा पात बढी उपयोगी हुन्छ। पातलाई छायाँमा सुकाएर ग्रीन टी वा पाउडर बनाएर पनि खान सकिन्छ। सजिवनको पातबाट विदेशमा धेरै थरीका हर्बल औषधि र फूड सप्लिमेन्ट बनाएर बिक्री गर्ने गरिएको छ।

    जेठीमधु स्वास्थ्यका लागि गुर्जो र बेसार भन्दा पनि उत्तम मानिन्छ। यसको जरा र काण्ड बहुउपयोगी हुन्छ। भाइरस रोग लाग्न नदिने र लागिसकेपछि पनि बढ्न नदिन यसको भूमिका हुन्छ। एन्टि अक्सिडेन्ट तत्व पाइने जेठीमधु दम, श्वासप्रश्वास सम्बन्धी समस्या कम गर्न, थकान हटाउन पनि प्रयोग गरिन्छ।

    फलहरू
    मेवा, अनार, अम्बा, आँप र कागतीमा प्रशस्त मात्रामा भिटामिन पाइन्छ। कागतीमा भिटामिन सी प्रशस्त पाइन्छ।

    चीनमा कोभिड–१९ का कतिपय बिरामीलाई शुरूशुरूमा सुईबाटै भिटामिन सी दिइएको समाचार आएका थिए। चुत्रो र काफल पनि शरीरमा तागत बढाउने महत्वपूर्ण फल हुन्।

    चिया र जिन्सिङ
    हामीले दैनिक पिउने चियामा पनि एन्टी अक्सिडेन्ट गुण प्रशस्त पाइने हुँदा भाइरसजन्य रोगका लागि चिया धेरै उपयोगी पाइएको छ। चियामा पनि ग्रीन टीलाई औषधिजन्य पेय मानिन्छ।

    चिनियाँहरू अक्सर ग्रीन टी पिउने हुनाले कोरोनाबाट तुलनात्मक रूपमा कम प्रभावित भएको पनि दाबी गरिन्छ। यसै गरी परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने जिन्सिङ पनि शक्तिवद्र्धक तथा रोग प्रतिरोधात्मक मानिन्छ।

    पिप्ला, मरिच र एलोभेरा
    बाङ्लादेशका वैज्ञानिकहरूले कोरोना पोजेटिभ बिरामीमा पिप्ला तथा मरिचको प्रयोगात्मक अध्ययन गरेका छन्, जसमा सकारात्मक नतिजा पाइएको छ। एलोभेराको जुसमा पनि एन्टी अक्सिडेन्ट गुण प्रशस्त पाइने भाइरसजन्य रोगको उपचारमा सहयोगी ठानिएको छ।

    माथि उल्लिखित गरिएका बाहेक घ्यू, मह, शिलाजित जस्ता खाद्य पदार्थ पनि छन्, जसले अन्य जडीबुटीसँग मिसाएर खाए शरीरमा शक्ति आर्जन हुन्छ र यसले रोगसँग लड्ने शरीरको क्षमता बढाउँछ।

    काजु, किसमिस, यार्सा, केसर लगायतले शरीरमा ऊर्जा थप्ने काम गर्छन्। मौसमी फलफूल, सागपात र टुसा उम्रेका गेडागुडी रोग लागेका बेला खानैपर्ने खाद्यवस्तु हुन्।

     

    संक्रमित भएपछि
    जेठीमधु र टाप्रे (ब्राह्मीबुटी) : शरीरमा भाइरसले आक्रमण गरे प्रयोग गरिने जडीबुटीमा जेठीमधु अग्रपंक्तिमा आउँछ। अनुसन्धानात्मक लेखमा यो जडीबुटीको काण्ड तथा जरामा पाइने तत्वहरूले कोरोना भाइरसको संख्या वृद्धि रोक्न निकै महत्वपूर्ण भूमिका खेलेको चिनियाँ अनुसन्धानात्मक लेखहरूमा जनाइएकोे छ।

    नेपालका तराई तथा पहाडी क्षेत्रमा पाइने टाप्रे भनिने सेन्ना अक्सिडेन्टालिज वनस्पतिको सुकेका बीउ (जसलाई कफीको रूपमा पनि प्रयोग गर्न सकिन्छ) धेरै उपयोगी पाइएको छ।

    सुन्तला : भिटामिन सीले भरिपूर्ण सुन्तलाको रस तथा बोक्रा पनि कोरोना पोजेटिभ बिरामीलाई थप गम्भीर हुन नदिन निकै उपयोगी सावित भएको अध्ययनहरूले पुष्टि गरेको छ।

    सर्पगन्धा : चारेकोसे झाडीमा पाइने सर्पगन्धाको जरामा पाइने रेसरपाइन तत्वले शरीरमा भाइरसको संख्या बढ्नबाट रोक्छ। चाँदमरुवा पनि भनिने सर्पगन्धाको वैज्ञानिक नाम भने राउवल्फिया सर्पेन्टिना हो।

    जुही : यो लहरे वनस्पतिको फूल डाँठ, पातले पनि भाइरस वृद्धि रोक्न महत्वपूर्ण भूमिका खेलेको पाइएको छ। बगैंचामा पनि रोपिने यो वनस्पतिको वैज्ञानिक नाम लोनिसेरा जापोनिका हो।

    सुनाखरी – सुनाखरीको डेन्ड्रोवियम जाति अन्तर्गतका वनस्पतिको डाँठको प्रयोगले पनि भाइरसजन्य रोगबाट जोगाउन सहयोग गर्छ। सिरहाको सलहेस वनमा चैत, वैशाखमा फुल्ने सुनाखरी यहीमध्येको एक प्रजाति हो।

    जथाभावी जडीबुटी नखाऔं
    कोभिड–१९ विरुद्धको खोप नबनिसकेका कारण जडीबुटीले नै यो रोग निको हुने दाबी पनि कतिपय विज्ञले नै गरिरहेको सुनिन्छ। कतिपयले भने निश्चित जडीबुटीको नाम लिएरै त्यही नै अचूक औषधि भएको ठोकुवा पनि गरिरहेका छन्।

    हो, हाम्रा परम्परागत जडीबुटीमा औषधिजन्य तत्व छन्। र, तिनको उचित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। तर, कोभिड–१९ महामारीमा जडीबुटीकै मात्र भर पर्नु तत्कालका लागि जोखिमपूर्ण हुनसक्छ।

    थप, सबै जडीबुटी शरीरका लागि उपयोगी नहुनसक्छन्। यसको प्रकार, मात्रा र सेवनका तरिका फरकफरक हुनसक्छन्। त्यसकारण लहडमा लाग्नुहुन्न। जस्तो कि, गुर्जोका दुई प्रजाति टिनोस्पोरा कोर्डिफोलिया र टिनोस्पोरा साइनेन्सिस् नेपालमा पाइएका छन्। दुईमध्ये कुन चाहिं शरीरका लागि बढी उपयोगी छ भन्ने कुरा अध्ययन हुनै बाँकी छ।

    अहिले यति मात्र भन्न सकिन्छ कि कोभिड–१९ बाट जोगिन पौष्टिक आहारा खाऔं। व्यवहार र विज्ञानले प्रमाणित भइसकेको जडीबुटी प्रयोग गरौं। सावधानी अपनाऔं।

    (डा. पाठक राष्ट्रिय वनस्पति उद्यान गोदावरीका वैज्ञानिक/उद्यान अधिकृत हुन्।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑