असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो।

२०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो।

यस्तै ५० हजार बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ। विदेशी कूटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ स.स्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मुल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेको फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए।