पुनर्निर्माण भइरहेको धरहराको १६ औं तला ढलान सकिएको छ। धरहरा निर्माणमा जिआइइटिसी–रमन जेभी संलग्न छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार अब ६ तलाको ढलान बाँकी रहेको छ।
कुनै बाधा नआए अबको तीन महिनामा ढलान कार्य सम्पन्न हुने प्राधिकरणले जनाएको छ। यससँगै टावरको प्लाष्टर, परिसर घेर्ने, पर्खाल र पार्किङ क्षेत्रको काम चलिरहेको छ।
भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा वि सं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो। गत २०७२ वैशाखमा आएको महाभूकम्पका कारण ध्वस्त भएको थियो। त्यसपछि सरकारले धरहरा २२ तलाको बनाउने निर्णय गरेको थियो।
धरहरा पुनर्निर्माणका लागि दैनिक १५० कामदार नियमित रूपमा खटिएका छन्।