आज:
  • होमपेज / Breaking News

    निःशुल्क वाइफाइ परियोजनामा नेपाल भित्रियो फेसबुक

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार २२:०२
  • ४७६९

    वीरगंज | सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो ।

    लकडाउनअघि देखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई भर्खरै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिए । ‘हामीले १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेका छौं,’ उनले भने, ‘यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी हामीबीच सहकार्य भएको हो ।’

    फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी उनको छ । ‘वर्ल्डलिंकको निःशुल्क वाइफाइमा यसअघि प्रयोगकर्ताले हरेकपटक मोबाइलमा एसएमएसमार्फत् अथेन्टिकेसन गर्नुपर्नेमा अब एकपटक गरेपछि जतिपटक पनि इन्टरनेटमा कनेक्ट हुन सकिन्छ,’ अग्रवालले भने,‘यो सफ्टवेयरको प्रयोगले निःशुल्क वाइफाई हटस्पटको इन्टरनेट गुणस्तर पनि अभिवृद्धि गर्छ ।’

    फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्‍याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको हो । फेसबुकको यो परियोजना एसियाका दुई मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ । योबाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका दुई, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको एक देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ ।

    यो परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्‍याउने काम गरिरहेको छ । नेपालमा पनि वर्ल्डलिंकले राखेको १० हजार फाइफाइ हटस्पटको संख्या बढाउन सहकार्यको लागि छलफल भइरहेको अग्रवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑