एजेन्सी । चीनको राष्ट्रिय दिवसमा हङकङमा विरोध प्रदर्शन गर्ने दर्जनौ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार हङकङको दंगा व्यवस्थापनका लागि खटिएको प्रहरीले दर्जनौ प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सो विरोध प्रदर्शनमा जान लागिरहेका व्यक्तिहरुलाई समेत रोकेको थियो ।
आफ्नो भ्यानसहित विभिन्न बस्तीमा पुगेको प्रहरीले दर्जनौ जनालाई गिरफ्तार गरेको थियो । हङकङको स्वशासित क्षेत्रका रुपमा रहेको हङकङमा स्वतन्त्रताका पक्षमा बेला बेलामा चीनविरोध प्रदर्शनहरु हुने गर्छन् ।
अक्टोबर १ मा चिनियाँ राष्ट्रिय दिवस पर्ने गर्छ। राष्ट्रिय दिवसका अवसरमा बेइजिङका लगायतका शहरहरुमा फूलले सिँगार्ने चलन छ। सन् १९४९ अक्टोबर १ तारिख थिआनआनमन क्षेत्रबाट अध्यक्ष माओत्सेतुङले जनगणतन्त्र चीन घोषणा गरेका थिए । त्यसपछि हरेक वर्ष अक्टोबर १ त्यहाँ राष्ट्रिय दिवस मनाउने गरिन्छ ।