• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    सामसुङको त्रैमासिक आम्दानी ५४ अर्ब डलर

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार १८:०३
  • ५३४५

    वीरगंज | सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले साढे ५४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने एक रिपोर्टले देखाएको छ ।योनहाप इन्फोम्याक्सले सार्वजनिक गरेको प्रक्षेपण अनुसार वर्षको तेश्रो त्रैमासिकमा कम्पनीले आफ्ना प्रडक्टहरुको बिक्रीबाट हुने आम्दानीमा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य वृद्धि गर्नेछ भने मुनाफामा पनि वृद्धि हुनेछ ।

    कम्पनीको आम्दानीको मुख्य व्यवसायको रुपमा रहेको सेमिकन्डक्टरको बिक्रीदर उच्च रहँदा मेमोरी चिप्सको मूल्य घटे तापनि सामसुङको आम्दानीमा बढोत्तरी भएको हो । त्यस्तै महामारीको यस अवधिमा सामसुङले आफ्ना स्मार्टफोनसँगै घरेलु विद्युतीय सामानहरु समेत विश्व बजारमा उल्लेख्य मात्रामा बेच्न सफल भएको छ ।

    जुलाईदेखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले कूल ५४ अर्ब ५० करोड डलरका सामानहरु बेच्नेछ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले बढी हो ।त्यस्तै सञ्चालन मुनाफामा भने गत वर्षको तुलनामा यो त्रैमासिकमा ३३.७ प्रतिशतले वृद्धि भई कूल ८ अर्ब ८० करोड पुग्नेछ ।

    तेश्रो त्रैमासिकमा सामसुङको आम्दानी दोश्रो त्रैमासिकभन्दा २०.७ प्रतिशतले बढी हो भने सञ्चालन मुनाफा २७.६ प्रतिशतले बढी हो ।विश्वको अग्रणी मेमोरी चिप तथा स्मार्टफोन उत्पादक कम्पनी सामसुङले आफ्नो तेश्रो त्रैमासिकको आम्दानी प्रतिवेदन आगामी हप्ता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।तेश्रो त्रैमासिकमा सामसुङका ८ करोड गोटा ग्यालेक्सी स्मार्टफोन बिक्री हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० प्रतिशत बढी हो । त्यस्तै यस अवधिमा अघिल्लो त्रैमासिकको भन्दा ४५ प्रतिशत बढी अर्थात् १ करोड थान ट्याबलेट बिक्री हुनेछन् ।

    विश्लेषकका अनुसार तेश्रो त्रैमासिकमा सामसुङको चिप बिजनेसको सञ्चालन मुनाफा ५ ट्रिलियन कोरियन वन पुग्नेछ । त्यस्तै मोबाइल व्यवसायको सञ्चालन मुनाफा ४ ट्रिलियन वन पुग्नेछ । गत त्रैमासिकमा सामसुङको मोबाइल बिजनेसको सञ्चालन मुनाफा १.९५ ट्रिलियन वन थियो ।विश्वमा महामारीका कारण अधिकांश मानिसहरु वर्क फ्रम होम ढाँचामा रुपान्तरण भैरहेका वा अर्थतन्त्र नै घरभित्र थुनिइरहेका बेला सामसुङले आफ्ना घरेलु उपकरणहरुको बिक्रीदरमा पनि उच्च बढोत्तरी गरेको छ । खासगरी यस अवधिमा सामसुङका टेलिभिजनहरुको बिक्रीदर तीव्र रुपमा बढेको पाइएको छ ।

    हालैको एक रिपोर्ट अनुसार सामसुङको प्रभुत्व रहेको विश्वको क्युएलइडी टेलिभिजन बजारमा तेश्रो त्रैमासिकमा २४ लाख ४० हजार गोटा टेलिभिजन बिक्री भएका थिए ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑