१ पिठ्युमा चढाई
खान्छ लठीको पिटाई
२ अरुमा हाँस्दै
आफ्नो मन शान्त पार्दै
३ चाहना भए जिउँदो लास
छैन अब कसैको आस
४ भिज्यो परेली
रातमा मायालाई सम्झेर
५ गर्मीको घाम जाडोको हिउ
अनमोल भएर पनि बेकार
६ मेहनत गर्न जान्नेलाई
चाहिन्न ठुलो दरबार
७ सुन्दरतालाई छुने होईन
गरौ उचित सम्हार
८ तस्बिरमा हाँसेको मुहार,
सुनेन कसैले त्यस भित्रको
पुकार
९ ठाऊँबाट गिरेको उठ्ला
पनि,
मनबाट गिरे कसरी उठ्ने।
१० खुशी हुन साथी नै चाहिन्न,
मन हाँसेको हुनुपर्छ।
दिक्षा सुवेदी , वीरगंज-4