आकाश रुँदैछ आफ्नै अस्तित्वको खोजीमा
बादलमा पानी पार्न सक्ने शक्ति क्षीण हुँदैछ
पवनलाई सास फेर्न कठिनाई भएको छ
खोइ किन हो आजभोलि पानीले पनि भिजाउन छाडेको छ
सूर्यको प्रकाशमा चमक देखिँदैन
चाँदनी शीतलता खोज्दैछिन्
निदाएर होला सायद नदी सुसाउन छाडेकी छिन्
हिमालको हिउँमा चिसोको मात्रा घट्दै छ
डाँफे चारी तराईमा बसाई सर्न आतुर छ
पहाडका सुन्दर झरनामा छङ छङ्ग हराएको छ
तराईका फाँटहरू अन्न को खोजीमा छन्
सुन्दरता मेक अप मा सीमित छ
माया र प्रेम अंश वडा र छोडपत्र मा खुसी हुँदैछ
कविता लामो छ सार वस्तु छोटो छ
त्यसैले त आज छोटो मिठो र प्राकृतिक बिम्बले
सजिएको प्रतीकात्मक अर्थ दिने छिटा
मा सागर अटाउने बाछिटा भएको छ ।
स्रोत -दिक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।