वीरगंज ।वीरगंज मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज द्वारा सञ्चालित बाबा होटल आइसोलेशनमा उपचाररत ७७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।उनक गएराति मृत्यु भएको नेशनल मेडिकलका फोकल पर्सन डाक्टर असरफ हुसेनले बताए ।
लामो समयदेखि मुटु र मृगौला रोगबाट पिडित उनलाई असोज ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । आइसियू कक्षभित्र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा वृद्धको गएरति साढे ८ बजे मृत्यु भएको थियो ।
मृतक हुने व्यक्ति पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ निवासी हुन् ।स्वास्थ्यमा समस्या आएपछि असोज ७ गते उपचार गराउँन नारायणी अस्पताल पुगेका उनमा कोरोनासँग मिल्दो झुल्दो लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो ।
सोहि दिन परिक्षणको नतिजा आउँदा उनमा कोरोना संक्रमण देखिएको डा. हुसेनले जानकारी दिए ।योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।