। कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुके मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उपचारका लागि हर्बल औषधिमा सम्भावना रहेको भन्दै खोजि गरेको छ ।
डब्ल्यूएचओले शनिवार कोरोना भाइरसको उपचारका लागि अफ्रिकाको हर्बल औषधिको टेस्टिङ प्रोटोकलको समर्थन गरेको हो ।
यस पटक विश्व स्वास्थ्य संगठनले कोरोनासँग लड्नको लागि प्राचीन औषधिको प्रयोगमा बोलेको हो ।