• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झन्डै ६ महीनापछि आजबाट आन्तरिक उडान शुरू हुुँदै

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार ०६:४५
  • २१६९

    वीरगंज। कोरोना महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान सोमवार (आज) बाट शरूु हुँदै छ ।सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।

    असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए । आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने १/२ दिनपछि मात्रै बुकिङ खुला गर्ने कम्पनीका प्रबन्धक अनिल मानन्धरले बताए ।

    बुद्ध एअरका अनुसार आइतवार साँझसम्म ७० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरले सोमवारका लागि १७ ओटा उडान पाएको र सबै सेक्टरमा ७० प्रतिशत प्यासेन्जर अक्युपेन्सी रहेको यसका प्रबन्धक रूपेश श्रेष्ठले बताए । त्यस्तै यती एयरलाइन्सका प्रक्ता सुदर्शन बर्ताैलाका अनुसार कम्पनीले उडानको सम्पूर्ण तयारी पूरा गरिसकेको तथा आइतवार साँझसम्म ७० प्रतिशतसम्म बुकिङ भइसकेको छ । शुरूमा यतिले दैनिक ११ उडान गर्ने बर्ताैलाले बताए । नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो ।

    सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्‍याइ  सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

    काठमाडाैंको त्रिभुवन विमानस्थलसहित यहाँबाट उडान हुने गन्तव्य विमानस्थलहरूमा पनि सोहीअनुसार सुरक्षा मापदण्ड लागू गरिएको प्राधिकरणको भनाइ छ । वायुसेवा कम्पनीहरूले पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा भने नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडान हुने वायुसेवा सञ्चालन संघले जानकारी दिएको छ । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।

    यसअघिको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडानमा ५० प्रतिशत यात्रु राख्ने तर भाडा भने बढि लिन सक्ने निर्णय गरेको थियो । तर, व्यवसायीहरूले भने सरकारको उक्त निर्णय अवैज्ञानिक भएको र ५० प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्न नसकिने अडान लिएका थिए । व्यवसायीहरूको अडान पछि शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेको हो । त्यसपछि वायुसेवा कम्पनीहरूले असोज ५ गतेदेखि उडान सञ्चालन गर्न सहमत भएका थिए ।

    संघका अनुसार यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान संख्या बढाइनेछ । प्राधिकरणले शुरूको १ साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । अवस्था हेरेर उडान संख्या वृद्धि गरिने कम्पनीहरूले जानकारी दिएका छन् । महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रतिबन्ध थियो । यो बीचमा आन्तरिकतर्फ उद्धार उडान, मेडिकल कार्गो जस्ता उडान मात्रै भएका थिए । अन्तरराष्ट्रिय उडान भने केही शर्तसहित भदौ १६ देखि सञ्चालनमा आएको थियो । सरकारले अन्तरराष्ट्रिय उडानको हकमा असोज १५ पछि आवश्यकताअनुसार थप गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑