आज:
  • होमपेज / देश

    २२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

  • वीरगंज संजाल
  • २ आश्विन २०७७, शुक्रबार १४:०२
  • ३९३३

    आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् ।शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ ।

    वैज्ञानिकहरुका अनुसार यसको मृत्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।  यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो ।

    मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको शव भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे ।

    ‘सफ्ट टिस्युसहित भालुको पूर्ण शव भेटिएको यो पहिलो र एकमात्रै घटना हो,’ एनईएफयुकी अनुसन्धानकर्ता लिना ग्रिगोरियभाले भनिन् ।

    अहिलेसम्म वैज्ञानिकहरुले ‘केभ बियर’ को अस्थिपञ्जर फेला पारेका थिए, तर सबै अंगसहितको यस्तो शव भेटिएको थिएन । जब, युरोप र एशियाका अधिकांश भूभाग हिउँले ढाकिएका थिए, त्यतिबेला केभ बियरहरु यस इलाकामा घुम्थे । यस समय हिउँमा बस्ने विशाल हात्ती (माम्मोथ), तरबारजस्तो दाँत भएका बिरालो र ठूला स्लथहरु पनि यस भूभागमा बस्थें ।

    त्यतिबेला केभ बियर निकै ठूला हुन्थें, भालेको वजन २२ सय पाउन्डसम्म हुनसक्थ्यों । अहिले जीवित रहेका संसारकै सबैभन्दा ठूला भालुभन्दा यो झन्डै ५ सय पाउन्ड बढी हो । यसअघि रुसको याकुटियामा भर्खरै अर्को केभ बियरको शव भेटिएको थियो, यो बच्चा भालु थियो । वैज्ञानिकहरुले यी दुई जनावरको डिएनए तुलना गर्ने तयारी गरेका छन् ।

    पृथ्वीको तापक्रम बढ्दै जाँदा, बाह्रै महिना हिउँले ढाकिने साइबेरियाली भूभागमा हिउँ पग्लन सुरु भएको छ । जसकारण, दशौँ हजार वर्षसम्म हिउँमै पुरिएर रहेका  हिमयुगका प्रजातिहरुको शव भेटिन थालेको छ । ल्याकोभोस्की टापूहरु, जहाँ यो भालु भेटियो, ती क्षेत्रहरु अन्तिम हिमयुगका बाक्लो रौंसहितका हात्तीको (म्याम्मोथ) अवशेषले भरिपूर्ण छन् ।

    गत वर्ष वैज्ञानिकहरुले याकुटिया नदीको किनारमा ४० हजार वर्ष पुरानो ब्बाँसोको टाउको भेटेका थिए । जसमा दाँत, दिमाग, बाहिरी छाला र रौं समेत नबिग्रेको अवस्थामा थियो । दुई दुलर्भ केभ– सिंहका डमरु र ४२ हजार वर्ष पुरानो घोडा याकुटियाको हिउँमा भेटिएका अन्य प्राचिन प्राणी हुन् । तापक्रम निरन्तर बढ्दै गएकाले थप अवशेषहरु भेटिसक्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑