• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    मान्छेको ज्यान बचाउने नियमको पनि किन विरोध भइरहन्छ ?

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार १२:०१
  • २७४९

    बीबीसी । गाडीको सिटबेल्ट होस् या कोरोनाविरुद्ध जोगाउन सक्ने मास्क, कतिपय मान्छेले यस्ता ज्यान बचाउने नियमको पनि विरोध गर्ने गरेका छन् ।  मास्क लगाउन नमानेकी एक महिलालाई यस सम्बन्धी प्रश्न गर्दा उनले भनेकी छन्, “मलाई मन पर्दैन । मलाई त्यो लगाउनैपर्छ भनेपछि झन् प्रयोग गर्न मन लागेन ।”
    उनकै नजिक उभिइरहेका अर्का एक पुरुषले पनि भनेका हुन् , “यो महिला पुरुष सबैमा लागु हुन्छ । म मेरो जीवनका लागि आफैँ जिम्मेवार हुन चाहन्छु । र मलाई मेरो यस सम्बन्धी अरुले आदेश दिएको मन पर्दैन ।”

    कोभिड महामारीका बेला मास्क अनिवार्य गरिँदा त्यसविरुद्ध आवाज उठाउने प्रदर्शनकारीहरुसँग कुरा गर्दा यस्तै किसिमका संवादको अपेक्षा गर्न सकिन्छ । उनीहरुले केवल असहजता वा शंकाका कारण मात्र यस किसिमले विरोध जनाउँदैनन् । यो एक प्रकारले सरकारी अधिकारीको जबरजस्ती लागू आदेश प्रतिको असन्तुष्टि हो ।
    मास्क मात्र नभएर मानिसहरु यसैगरी पहिले सवारी चलाउँदा सिट बेल्ट पनि लगाउन मान्दैनथे । बिनासिट बेल्ट गाडी चलाउनु कानुनविरुद्ध भए पनि कतिपय मानिसहरु अझै ज्यान जोखिममा राखेर सिट बेल्ट नबाँधी गाडी कुदाउँछन् ।

    यतिबेला सामाजिक सञ्जालमा यी दुईवटै विषय अधिक चर्चामा आएका छन् । यसरी धेरै कानुनहरु अचानक अनिवार्य लागू गर्दा थुप्रै मानिसहरुले यसलाई तत्काल अपनाउन सक्दैनन् । चाहे त्यो सार्वजनिक स्वास्थ्य सम्बन्धी नियम नै किन नहोस् तर त्यसलाई पूर्ण कार्यान्वयन हुन निकै समय लाग्ने विगतका घटनाले पनि देखाउँछ ।

    कुनैबेला सिटबेल्टको प्रयोगप्रति पनि शंका व्यक्त गरिएको थियो किनकि यसमा गाडी निर्माता, इन्स्योरेन्स कम्पनी, कानुन, राजनीतिज्ञ र चालक सबैको निहीत स्वार्थ रहेको देखिन्थ्यो । अहिले मास्कलाई पनि त्यहि दृष्टिकोणले हेरिएको छ ।

    १९८५ सम्म पनि ६५ प्रतिशत अमेरिकीहरु असहज हुने भन्दै सिटबेल्ट अनिवार्य गरिनेको विरुद्धमा थिए । त्यसबेला बेलायत, क्यानडा, फ्रान्स र जर्मनीपछि न्युयोर्क सिटबेल्ट अनिवार्य गर्ने पहिलो अमेरिकी स्टेट बनेको थियो । अमेरिकामा जसरी नै युगोस्लोभियामा पनि सिट बेल्ट सम्बन्धी नियम कार्यान्वयन गर्नु निकै चुनौतीमय रह्यो । सिटबेल्ट प्रयोग नगरेमा ७५ डलरसम्मको जरिवानासहित कडा कानुन लागु गरिए पनि त्यहाँका मानिसहरु दुर्लभै यसको प्रयोग गर्ने गर्दथे ।

    यसले के स्पष्ट पार्छ भने ज्यान बचाउने कानुन भए पनि त्यसलाई सजिलै लागु गराउन सकिँदैन ।  केही समय अगाडि ब्राजिलमा १२ हजार मानिसहरुमा गरिएको एक अध्ययनमा त्यहाँका ३० प्रतिशत मानिसले गलत तरिकाले, अर्थात नाक वा मुख देखाएर मास्क लगाउने गरेको पाइएको हो ।  जबकि ब्राजिलमा संक्रमित सङ्ख्या ४३ लाख भन्दा धेरै छ भने १ लाख तीसहजार धेरैको मृत्यु भइसकेको छ जुन विश्वकै तेस्रो सबैभन्दा बढी प्रभावित मुलुकमा पर्छ ।

    त्यस्तै अमेरिकामा अहिले ७७ प्रतिशतले मास्क लगाउन थालेका छन् जसको दर फ्रान्समा अझ धेरै छ तर जर्मनीमा चाहिँ धेरै कमले मात्र सार्वजनिक स्थलमा मास्कको प्रयोग गर्छन् ।  यसमा बेलायतीहरु भने धेरै पछाडि रहेको मानिन्छ । त्यहाँ अझै पनि थुप्रै मानिसहरुले मास्कलाई स्वीकार गर्न सकेका छैनन् ।   तापनि पछिल्ला केही हप्तामा फेस मास्क विरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुको यसप्रतिको धारणा बिस्तारै बदलिँदै गएको विभिन्न सर्वेक्षणका डाटाले देखाएको छ । र सिट बेल्ट जसरी नै यसलाई अपनाउनेको सङ्ख्या बिस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑