लघु कथा बास्तविकता ——- रमेश तनावमा थियोे ।उसका अत्यन्तै मिल्ने साथीहरूले पनि फोन उठाउन छोडिसके।अरुको त के कुरा ।उसको केही दिनदेखि कहाँ के ठूलो भुल भयो ,यसो हुनुमा भन्ने कुराले निद पनि पर्न छोडेको अवस्था थियोे ।
कुनै गल्ती भए जस्तो पनि ठान्दैन। कसले के मनमा फाटो पर्ने कुरा लगायो होला ! कसरी यो समस्याबाट मुक्त हुने आदि चिन्ताको कारण डिप्रेसन रोगको लक्षण देखिन थाल्दै थियो ।
यो अवस्था बुझिरहेको उसको छोरा यथार्थ कुरा बुझ्न बाबुलाई पनि नसोधी मोटरसाइकलमा घरबाट निस्क्यो ।जो जस्ले उसको बाबुको मोबाइल उठाएनन्,सवैको घरमा पुग्यो ।मोबाइल नउठेर बुवा धेरै चिन्तामा हुनुहुन्छ ,के भएको हो ,बुवाबाट अन्जानबस् कुनै त्रुटि भएको भए माफ दिनु होला। उसको गुनासोमा सवैबाट एउटै मिल्दोजुल्दो जवाफ आयो ।
यो सुनेर उ निकै हर्षित भयो ।फोन नउठेर डिप्रसन रोगको सिकार हुन पुगेको बावुलाइ सञ्चो हुने अौषधी पत्ता लगाइ तुफान गतिमा मोटरसाइकल कुदायो।घरमा पुगेर टोलाइ रहेको आफ्नो बाबू रमेशलाई भन्यो –
” हजुरको चिन्ता ब्यर्थ रहेछ बुवा,तपाई प्रति तपाईंका साथीहरूको मायामा कुनै कमि आएको रहेन छ,हाम्रो घरमा स्कुले साना केटाकेटीहरु कोही छैनन् ,तर तपाईंका साथीहरू कोरोनामा कारण बिद्यालय बन्द भए देखि मोबाइल नातिनातिनाको कब्जामा रहि आफ्नो मोबाइल छुनै नपाएको स्थिति रहेछ।अनि कसरी उठोस् त हजुरले गरेको फोन !”
स्रोत -दीक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।