विरगंज । विरगंजस्थित नारायणी अस्पतालमा २ सय ९० जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याइएको थ्रोट स्वाबलाई नारायणी अस्पतालको प्रयोशालामा परिक्षण गर्दा मंगलबार रातिसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि हुनेमा पर्सा जिल्लाको ६ जना रहेका छन् भने बारा जिल्लाको ९ र रौतहट जिल्लामा सबैभन्दा बढी २२ जना रहेका छन् । ९ महिलासहित थपिएका सङ्क्रमितहरुको उमेर समुह ४ वर्षदेखि ६७ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
थपिएका सङ्क्रमित मध्ये पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का दुई जना र वडा नम्बर २८ र ३२ का एक/एक जना रहेका छन् भने पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ८ र चैनपुर वडा नम्बर ८ का एक/एक जना रहेका छन् ।
त्यसैगरी बाराको जिल्लाको कोल्भी गाउँपालिकामा तिन जना सङ्क्रमित भेटिएका छन् भने कलैया उपमहानगरपालिका वडा नम्बर ९ र १९ मा एक/एक जना सङ्क्रमित थपिएका छन् । यता जितपुरसिमरा उमहानागरपालिकाको वडा नम्बर २, बारागढी गाउँपालिका र अमौरो टोखनी वडा नम्बर २ मापनि एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । बारागढीस्थित इलाका प्रहरी कार्यालयमा समेत एक जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।
त्यस्तै रौताहातको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ मा २२ जनामा सङ्क्रमण देखिएको छ ।