• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘२५ सयमै पीसीआर ! सरकारले किन लियो ५५ सय ?

  • वीरगंज संजाल
  • २३ भाद्र २०७७, मंगलवार २३:०४
  • २८४९

    वीरगंज। एकजनाको पीसीआर परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने सरकारले तोकेको मूल्य हो । यही मूल्यअनुसार पीसीआर परीक्षणमा खर्च गरेको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । तर, अहिले ५६ सयलाई घटाएर ४४ सय रुपैयाँ सरकारी शुल्क तोकिएको छ ।मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा २५ सय रुपैयाँमै पीसीआर जाँच हुन सक्ने हिसाब सुनेपछि सांसदहरु छक्क परे । अब यसबारे अध्ययन गर्नुपर्ने निश्कर्ष सो बैठकले निकाल्यो ।

    शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित ‘कोरोना भाइरस -कोभिड-१९) को जोखीम रोकथामबारे सरकारले गरेका कामकारवाही अनुगमन उपसमिति’को बैठक मंगलबार बसेको थियो ।छलफलमा सरकारी तथा निजी अस्पतालका पदाधिकारी तथा सञ्चालकहरु सहभागी थिए । उपसमितिले बिहान र दिउँसो गरी दुई सिफ्टमा उनीहरुसँग छलफल गरेको थियो । र, छलफलको विषय थियो- कोरोना महामारीमा अस्पतालहरुले के कसरी सेवा दिइरहेका छन् ?

    पीसीआरको खर्च ५५ सय कि २५ सय ?

    बैठकमा पीसीआर परीक्षणको शुल्कबारे हिसाब-किताब भयो । काठमाडौं मेडिकल कलेजका सहनिर्देशक डा.जेनस आचार्यले भने, ‘सरकारले ४४ सयमा गर्नू भन्यो, त्योभन्दा कममा जतिमा पनि गर्न त पाइयो नि । हामीले २५ सयमा गरिरहेका छौं र समयमै रिपोर्ट दिएका छौं, २/३ दिन लगाएका छैनौं ।’डा.जेसिन नजिकै रहेका वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले सोधे, ‘कसरी सम्भव भयो २५ सयमा ? किटकै ८/९ सय पर्छ ।’

    सरकारको काम अध्ययन गर्न गठित उपसमिति संयोजक जीवनराम श्रेष्ठले डा.जेनिससँग डा.सेन्चुरीको प्रश्नको जवाफ मागे ।जवाफमा डा. जेनिसले भने, ‘९६ जनाको एकैपटक टेष्ट गर्ने हो । सुरुमा ५५ सयमा गर्दा ९६ पुग्न समय लाग्यो, दिनमा १०/२० आए । ४४ सयमा गर्दा ५० पुग्यो २५ सयमा गर्दा घाटा नहुने र छिटो रिर्पोट दिने गरी आउने भयो ।’

    वीर अस्पतालका अर्का डा. आशीष ढुङ्गानाले कोरोना टेष्ट खर्च ५५ सय सही कि २५ सय भन्नेमा अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘४४ सयमा हुन्थ्यो भने सुरुमा किन ५५ सय भनेको ? अहिले २५ सयमा भइरहेको छ भने यो दुबैबारे अध्ययन आवश्यक छ । २५ सयको क्वालिटी के छ र सुरुमा सरकारले ५६ सय किन भनेको ?’

    अस्पतालमा तलब खुवाउन समस्या

    छलफलमा सहभागी अधिकांश अस्पतालका पदाधिकारी र सञ्चालकहरुले कर्मचारीलाई तलब खुवाउन समस्या पर्न थालेको गुनासो सांसदहरुलाई सुनाए ।शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेलका अनुसार स्पतालले आन्तरिक स्रोतबाट करिब ८ करोड रुपैयाँ कर्मचारीको तलबका लागि छुट्याउनुपर्ने हुन्छ । उनले भने ‘कोरोना भाइरसको महामारीपछि आम्दानी घटेको छ । कर्मचारीलाई तलब खुवाउनै गाह्रो छ ।’

    वीर अस्पतालका कार्यकारी निर्देशक डा. .सेन्चुरीको गुनासो पनि उस्तै थियो । ‘कोभिडभन्दा पहिले दैनिक ११ देखि १२ लाख आम्दानी हुने गरेको थियो । अहिले घटेर दिनको एक/दुई लाखमा आइपुगेको छ । आम्दानी कम हुँदा अस्पतालको आन्तरिक स्रोतबाट तलब खुवाउनुपर्ने कर्मचारीहरुलाई खुवाउन सकिएको छैन’ डा.सेन्चुरीले भने ।ग्राण्डी अस्पतालका कार्यकारी निर्देशक डा.चक्रराज पाण्डे, बीएण्डबी अस्पतालका कार्यकारी निर्देशक प्रकाश भट्टराई र पाटन अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यको पनि उस्तै गुनासो थियो ।

    सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका खटिएका स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता हालसम्म कसैले पनि प्राप्त गर्न नसकेको अस्पतालका सञ्चालकले गुनासो गरे । उनीहरुले संसदीय समितिलाई सरकारबाट स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन गरी पहल गरिदिन आग्रहसमेत गरे ।

    ‘स्वास्थ्य सामग्री खरीद गर्न सकिएन’

    कोरोनाको उपचारका लागि आवश्यक औषधि र सामान खरिद प्रक्रिया अर्को चुनौती रहेको गुनासो समेत अस्पताल सञ्चालकहरुको थियो । ‘सामान सप्लाई र खरिद प्रक्रिया मुख्य चुनौतीका रुपमा देखापर्‍यो । टेण्डर गरेकाले सामान ल्याइदिँदैन, ल्याउन चाहँदैन’ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक पोखरेलले समितिको बैठकमा भने ।

    खरिद प्रक्रिया झण्झटिलो हुँदा औषधि, ग्लोब्स समेत उपलब्ध हुन नसकेको र सप्लायर्शलाई ल्याउन भन्दा नल्याइदिने समस्या रहेको वीर अस्पतालका निर्देशक डा.सेन्चुरीको पनि गुनासो थियो ।

    वीर अस्पतालको बेग्लै समस्या

    छलफलमा वीर अस्पतालका कार्यकारी निर्देशक डा. सेन्चुरी र डा. ढुङ्गाना उपस्थित थिए । सांसदहरुले वीर अस्पतालको सेवा निकै कमजोर भएको जनगुनासो रहेको आरोप उनीहरुमाथि लगाए ।सरकारले यही २१ भदौदेखि वीर अस्पतालमा कोभिडका बिरामीको उपचार गराउने निर्णय गरेको छ । वीरका कार्यकारी निर्देशक डा.सेन्चुरीका अनुसार स्वास्थ्यकर्मीलाई नै कोरोना पुष्टि भएपछि वीरमा समस्या परेको छ ।

    उनका अनुसार वीर अस्पतालका ७५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । ८७ जना कन्ट्र्याक ट्रेसिङमा परेर क्वारेन्टिनमा छन् ।अस्पतालका कर्मचारीहरुलाई चिया पसल र सार्वजनिक सवारीबाट समेत संक्रमण रहेको अनुमान रहेको उनले बताए । ‘कर्मचारीलाई छुट्टै राख्न सकिएको छैन । कोही सार्वजनिक यातायात चढेर आउँछन् । उनीहरुलाई पनि संक्रमण, कसैलाई चिया पसलबाट सर्‍यो भन्ने छ’ डा.सेन्चुरीले भने, ‘कोरोना भाइरस समुदाय स्तरमा नै फैलिएका कारण स्वास्थ्यकर्मीहरु असुरक्षित भए ।’

    वीरको सेवा प्रवाह राम्रो नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफमा डा. सेन्चुरीले भने, ‘सेवा दिने कुरामा निजीको जस्तो सेवा दिन नसकिएको भए पनि कम शुल्कमा र निशुल्क उपचार हुने भएका कारण वीर अस्पतालमा नागरिकहरुको चाप अन्यत्रभन्दा धेरै हुने गरेको छ ।’

    पीसीआर रिर्पोटमा किन ढिला गरेको ? भन्ने प्रश्नको जवाफ दिँदै अर्का डा. आशीष ढुङ्गानाले भने, ‘एक लटमा ९६ वटाको टेष्टिङ हुन्छ । एउटा-एउटा पनि हुन्छ तर, शुल्क ९६ वटा र एउटाको पनि उत्तिकै लाग्ने भएका कारण छुट्टाछुट्टै गर्ने कुरा भएन । रातभरि आएको बिहान टेष्ट हुन्छ, बिहान ११ बजेदेखि दिनभरि आएको स्वाब बेलुकी टेष्टमा हाल्छौं । यसरी २४ घण्टामा रिर्पोट उपलब्ध गराउने गरेका छौं ।’

    तर, कतिपय केसहरुमा पुरै नेगेटिभ र पोजेटिभ नभएर बोर्डर लाइनमा आउने र पुनः टेष्ट गर्दा ४८ घण्टा लाागेको डा. ढुङ्गानाको जवाफ थियो ।छलफलमा सहभागी बीएण्डबी अस्पतालकी कोभिड व्यवस्थापन प्रमुख संगीता शाक्यले प्लाज्मा बैंकको माग गरिन् । उनले भनिन्, ‘सरकारलाई एउटा अनुरोध गर्न चाहन्छु- प्लाज्मा बैंक भयो भने धेरै सहज हुन्छ । यसका लागि पहल होस् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑