विरगंंज । विरगंंजमा उपचाररत बाराको कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत बारा जिल्लाका एक ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुरका निवासी रहेको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार कोरोना संक्रमित उक्त पुरुषको हृदयघातबाट मृत्यु भएको छ ।डाक्टर चौरसियाका अनुसार मृतक मधुमेहका दिर्घ रोगी हुनका साथ् पछिल्लो समय उनमा रूघाखोकी, ज्वरो, सास फेर्न गाह्रो हुने समस्या समेत देखिन थालेको थियो ।
भदौ १४ गते अस्पताल भर्ना भएका उक्त पुरूषको गएरति आइसियू कक्ष भित्र उपचारको क्रममा मृत्युु भएको डा. चौरसियाले जानकारी दिए ।योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
साउन यतामा मात्रै ५४ जनाको मृत्यु भएको छ ।मृत्यु भएका ६० जनामध्ये पर्साका ४२ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।