बीरगन्ज। पर्सामा साेमबार थप ४३ जना काेराेना मुक्त भएका छन् । विभिन्न आइसाेलेसनमा उपचाररत रहेकाहरू साेमबार उपचार पछि डिस्चार्ज भएका हुन् ।यससँगै पर्सामा काेराेना जित्नेहरूकाे संख्या १ हजार ५ सय ७ पुगेकाे छ ।
त्यस्तै हालसम्म पर्सामा कोरोना संक्रमितहरूकाे संख्या २ हजार ४ सय १ पुगेकाे छ ।यस्तै विभिन्न आईसोलेसनमा ४९ जना पुरुष र १३ जना महिलाकाे उपचार भइरहेकाे छ भने होम आईसोलेसनमा रहेकाहरूकाे संख्या ९ सय २६ पुगेकाे छ ।
साेमबार पर्सामा काेराेनाका कारण थप एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बीरगन्ज महानगरपालिका वडा नं २ बस्ने ५४ वर्षिय पुरूष छन् ।
उनको बीरगन्ज हेल्थकेयरको आइसियू कक्षमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएकाे हाे । याेसँगै पर्सामा काेराेनाबाट ४२ जनाकाे मृत्यु भएकाे छ ।