बिरगंज।कृष्णा कुशवाहा। आज नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साको पकाहा मैनपुर गाउँपालिका आयोजक विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभरी पटेल,मनोज पासवान र उमाशंकर साहको भूमिकामा रातो मच्छिन्द्रनाथ को रथ यात्रा तान्ने क्रममा राज्य द्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप विरुद्ध प्रदर्शन गरिएको छ।
पर्साको विन्दवासिनी गाउँपालिका को हस्वा देखि पकहा मैनपुर गाउँपालिका को मधुबनी चौक मा प्रदर्शन गर्न लागेका प्रदर्शनकारी माथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरे पनि प्रदर्शनकारीले विभिन्न नाराबाजी गरी प्रदर्शन गरेका छन्।
पर्सामा भएको उक्त बिरोध प्रदर्शनमा नेपाल विश्व हिन्दु महासंघका सम्पूर्ण सदस्यहरु नेवार समुदायको पक्षमा छौं, हिन्दु लाई पाखा मुस्लिम लाई काखा यहि हो तिम्रो नीति सरकार…?,
हिन्दु एकता जिन्दावाद, सनातन धर्म मास्न पाइदैन, पुज्य सन्त तथा दलितहरु ((निरंजन राम,बिजय राम,मिन्त्री देवी बैठा)का हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरि कडा कार्यवाही गर लागायतका नाराहरु लगाइएको भने आयोजक विन्देश्वर गिरी ले जनकारी दिनु भयोे।