विरगज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आज मिति २०७७ साल भदौ २१ गते आईतबारका दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा,
जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित पानगलि र रानिघाट रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरिएको छ।
जस्मा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको जरिवाना गरिएको छ ।
यस्तै खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको छ ।
आज सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्स जुन पानगलीमा अवसथित लाइ जरिवाना रकम रु. ५०,००० । तेसतै न्यू संतोष जेनरल स्टोर जुन पानगलीमा अवस्थित जरिवाना रकम रु. २०,०००५
३. जय पान पसल सेन्टर- पानगली- जरिवाना रकम रु. २०,०००
येस्तै
४. न्यू हरिओम किराना पसल-रानीघाट- जरिवाना रकम रु. २०,००० र अन्ततिम
५. म्याद गुज्रेको ७ बोतल फेन्टा लगायतका पेय पदार्थहरु नष्ट गरिएको छ।