विरगंज । पर्सामा ९२६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छ्न तर नया टेस्टिङ्ग कछुवाको तालमा भाइरहेको छ। होम आइसोलेसनमा रहेका कोरोना संक्रमित बजार जान छ्न ।
आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति सब्जी किन्दै छ्न।आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति अफै औषधि लिन जान छ्न। कोरोना पोसेटिव बाटोमा घुमदै छ। तर छैन कोहि खोज खबर ।
अस्पतालमा बेड खली छ तर संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्न बाध्य छ्न। वरगञ्जस्थित १ सय ७० बेडको २ दुई वटा कोभिड अस्पतालमा ६२ जना संक्रमित उपचाररत छन् । ९ सय २६ जना संक्रमित होम आइसोलेसनमा र २ सय ५४ जना विभिन्न विद्यालय, होटल तथा अतिथि सदनका सेमी–आइसोलेसनमा बसिरहेका छन् ।
क्वारेन्टिनमा ४६ जना शंकास्पदलाई राखिएको छ ।पर्सामा पछिल्लो १२ दिनमा ७ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पर्सामा आइतबार थप ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरु कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
कोभिड अस्पताल गण्डकबाट ११ जना, वीरगञ्ज हेल्थ केयरबाट १३ जना, पर्सागढी मनवा सामुदायिक आइसोलेसनबाट ११ जना, वीरगञ्जस्थित होटल विजय ज्योतिबाट १ जना, रानीपोखरी होटलबाट ३ जना, बहुदरमाई नगरपालिकाबाट ५ जना, पोखरिया नगरपालिकाका विभिन्न होम आइसोलेसनबाट ६ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
वीरगञ्जस्थित १ सय ७० बेडको २ दुई वटा कोभिड अस्पतालमा ६२ जना संक्रमित उपचाररत छन् । ९ सय २६ जना संक्रमित होम आइसोलेसनमा र २ सय ५४ जना विभिन्न विद्यालय, होटल तथा अतिथि सदनका सेमी–आइसोलेसनमा बसिरहेका छन् । क्वारेन्टिनमा ४६ जना शंकास्पदलाई राखिएको छ ।पर्सामा पछिल्लो १२ दिनमा ७ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।