विरगंज ।वीरगंजको नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सर्लाहीका ३६ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार कोरोना संक्रमित भएका उनी स्वास्थ्य अवस्था गम्भीर भएपछि ६ दिन अगाडि अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।
भर्ना भएको भोलिपल्ट उनलाई प्लाज्मा थेरापी गरिएको थियो। थेरापीपछि केही सुधार देखिए पनि उनको आज मृत्यु भएको छ ।