विरगंंज। विरगंंजमा आइतबारपनि कोरोना सङ्क्रमणबाट रौतहटको एक युवाको मृत्यु भएको छ । शनिबारपनि रौतहटका एक युवकको वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
सङ्क्रमणबाट मृत्यु मृत्यु हुनेमा रौतहट जिल्लाको राजपूर तुल्सीपूरका एक ४० वर्षीय पुरुष रहेका छन् ।
नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा हस्पिटलमा कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका उनको आज बिहान साढे ७ बजेको करिबमा मृत्यु भएको हो ।
गम्भीर किसिमको निमोनियाबाट सिकिस्त भदौं १२ गते भर्ना भएका उनलाई आइसीयुमा राखेर उपचार भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३५ जना, बाराका १० जना र रौतहटका ३ जना रहेका छन् ।