• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !

  • वीरगंज संजाल
  • १४ भाद्र २०७७, आईतवार १३:०६
  • ५७६५

    एजेन्सी । के तपाईँ आधा दुनियाँ बसबाटै हेर्न तयार हुनुहुन्छ ? भ्रमण कम्पनी अड्भेन्चर्स ओभरल्यान्डले आयोजना गरेको नयाँ प्याकेज अन्तर्गत भारतको दिल्लीबाट लन्डनसम्मको यात्रा विमानमा नभएर बसबाट गर्न सकिनेछ । यसमा कुनै किसिमको हवाइ यात्रा समावेश नरहेको बताइएको छ ।

    ‘बस टु लन्डन’ ले २० जना यात्रुहरुलाई लक्जरी बसमा राखेर दिल्लीबाट लन्डनसम्म पुर्याउनेछ जसबीच १८ वटा देशहरु पार गर्नुपर्ने हुन्छ । यो यात्रा पूरा गर्न ७० दिन लाग्नेछ । वास्तवमा यो योजना १९५० र १९६० को दशकका हिप्पी ट्रेल बसबाट प्रेरित भएको बताइएको छ । साथै यसका यात्रुहरुले गन्तव्यमा पुग्नुअगाडि म्यानमारका पगोडा अवलोकन गर्न पाउनेछन्, चीनको ग्रेटवालमा हाइक गर्न पाउनेछन् भने मस्को, प्रेगलगायत ऐतिहासिक सहरहरु पनि घुम्न पाउनेछन् ।

    माथि प्रस्तुत गरिएको तस्बिर अड्भेन्चर्स ओभरल्यान्डले अहिलेका लागि बनाएको अस्थायी डिजाइन हो । यो कम्पनी तुशार अग्रवाल र सन्जय मदनले स्थापना गरेका थिए र उनीहरुले यसअघि पनि लामो दुरीको यात्राको व्यवस्था गर्दै आएका छन् जसमा यात्रुहरुले आफ्नै गाडी ल्याउनुपर्ने हुन्थ्यो । तर दुवैले ग्राहकहरुको अनुभवलाई अझ उत्साहजनक बनाउन फरक किसिमको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन् ।

    अग्रवाल भन्छन्, “धेरै मानिसहरु विमानको प्रयोग नगरि यस किसिमको अड्भेन्चरस भ्रमण गर्न चाहन्छन् तर यसमा आफैँले गाडी चलाउन धेरै कठिन हुन्छ । त्यसैले हामीले सबैजना आरामपूर्वक बसमा बसेर लामो यात्रा गर्न मिल्ने उपाय निकालेका हौँ । यहीँबाट हाम्रो ‘बसमा लन्डन’ भन्ने योजनाको उत्पत्ति भएको हो ।”
    बस टु लन्डनको उद्घाटन २०२१ को मध्यतिरबाट सुरु गरिने बताइएको छ जसबेला कोभिड प्रतिबन्ध हट्ने अपेक्षा छ ।

    अग्रवालले थप भने, “यो यात्रा तय गर्ने सबैभन्दा उत्तम समय भनेकै अप्रिल र जुनको बीचमा हो किनकि त्यसबेलाको मौसम एकदम राम्रो हुन्छ । यात्रा भारतबाट सुरु भएर म्यानमार हुँदै, चीनका उँचा पहाडहरु अनि किर्जकिस्तानदेखि लन्डनमा अन्त्य हुनेछ ।”
    यो यात्रा सस्तो चाहिँ नहुने उनीहरुले बताए । लन्डनसम्मको पूरै यात्राको भाडादर २० हजार डलर रहेको छ ।

    तर यात्रुहरुले आधा वा केही अंशसम्म मात्र यात्रा गर्न पनि पाउनेछन् जसलाई कूल चार भागमा विभाजित गरिएको छ । त्यस्तै यात्रा बेलायतबाट सुरु गर्ने कि भारतबाट भन्ने छनोट गर्न पनि पाउनेछन् । भारतबाट बसमा गएका यात्रुहरु लन्डन पुगिसकेपछि फर्कनका लागि विमानको प्रयोग गर्नेछन् जसमा बसले चाहिँ लन्डनबाट नयाँ २० यात्रुहरुलाई लिएर पुनः भारत फर्किनेछ ।

    अग्रवालले यो अनुभव वास्तवमै सबैका लागि जीवनकै यादगार हुने दाबी गरेका छन् जसमा गाउँदेखि सहरहरु आफ्नै आँखा अगाडि बदलिएको र फरक स्वरुपमा देख्न पाइने उनले बताए । कम्पनीले यसअघि सञ्चालन गरेको आफैँ गाडी चलाएर यात्रा गर्ने कार्यक्रमहरुमा ५ वर्षदेखि ७५ वर्ष सम्मकाले सहभागिता जनाएका थिए । उनी भन्छन्, “त्यसैले पनि यो एकपटक प्रयास गरिसकेको र परीक्षण भएको रुट हो । र सम्भव भएसम्म सुरक्षित बनाउने किसिमले यात्राको डिजाइन गरिएकोछ । साथै प्रत्येक नयाँ बोर्डरमा सो देशका ट्राभल गाइड पनि सवार हुने र ठाउँहरु सम्बन्धी जानकारी दिनेछन् ।”

    यो कार्यक्रम सम्बन्धी घोषणा गरेलगत्तै विश्वभरका बसमार्फत यात्रा गर्न इच्छुकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको र ४० हजार जतिले त थप जानकारीका लागि आधिकारिक रजिस्टर पनि गराएको उनले बताए ।  आफूहरुले त्यति ठूलो प्रतिक्रिया अपेक्षा नगरेको हुनाले यसबाट धेरै हौसला मिलेको उनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑