• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल

  • वीरगंज संजाल
  • १३ भाद्र २०७७, शनिबार १६:३९
  • २०९३

    बुटवल । संक्रमितका आफन्तले सुरुमा कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे। एम्बुलेन्सले व्यस्त रहेको बताएपछि अन्य संघसंस्थाका एम्बुलेन्सका चालकलाई फोन हाने। तर कसैले पनि कोरोना संक्रमित बोक्न मानेनन्। ‘कोरोना पोजिटिभ बिरामी हो भन्नासाथ फोन काटे, कसैले बोक्नै चाहेनन्’, संक्रमितका एक आफन्तले भने।

    बुटवलमा आइसियु उपलब्ध नभएपछि उनलाई चितवन मेडिकल कलेज पुर्‍याउनु थियो। एम्बुलेन्सले नै नमानेपछि उनीहरु समस्यामा परे। आफन्तमार्फत अन्ततः शव वाहन फेला पारे। त्यो पनि चालक बिनाको। बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पुर्‍याए। ‘अन्य विकल्पै नभएपछि जिउँदो बुवालाई शव वाहनमा बोक्नु पर्‍यो’, आफन्तले भने,‘सबैभन्दा ठूलो त ज्यान बचाउनु नै थियो।’ 

    चितवन मेडिकल कलेजको आइसियुमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छ। उनको परिवारमा दुई छोरासहित अन्य तीन जनामा समेत कोरोना संक्रमण भएको छ। कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमान्दा समस्या भएको छ। कोरोनाका बिरामी बढेसँगै बुटवलको अस्पतालको आइसियु भरिएका छन्। भैरहवामा आइसियु रहे पनि जनशक्ति नहुँदा चल्न सकेका छैनन्। 

    एम्बुलेन्सले कोरोना संक्रमित बिरामी बोक्नै नमान्दा समेत प्रशासनले कुनै कदम चालेको छैन। दुई साता अघिमात्रै एक कोरोना संक्रमित गर्भवतीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनीहरु निजी गाडीमा नेपालगञ्ज पुगेका थिए।‘बिरामी बोक्नका लागि कर छुटमा एम्बुलेन्स ल्याउने तर जोखिममा रहेका बिरामी नै नबोक्नु दादागिरी हो’, कोराना संक्रमितका आफन्त भन्छन्। 

    एम्बुलेन्स चालक संघ बुटवलका अध्यक्ष सुरज तिवारीले दुई वटा एम्बुलेन्स कोरोना बिरामी बोक्नकै लागि छुट्याइएको बताउँछन्। ‘दुई वटा गाडीले बोकिरहेका छन्, सबै गाडीमा कोरोना संक्रमित बोक्दा अन्य बिरामी बोक्न रिक्स हुन्छ’, उनले भने, ‘अहिले अन्य गाडी नचलेकाले सामान्य बिरामी पनि एम्बुलेन्सले नै बोक्नु परेको छ।’

    कोरोना संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई सरकारले बिमा र अन्य सुबिधा दिनुपर्ने माग चालकले गर्दै आएका छन्। पीपीईसमेत नभएकाले बिरामी बोक्न नसकिएको उनीहरुको भनाइ छ। रुपन्देहीमा मात्रै करिव ६० वटा एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन्। कतिपय एम्बुलेन्स मर्मत गर्न नपाएर थन्किएको अध्यक्ष तिवारीले बताए। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑