• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

  • वीरगंज संजाल
  • १३ भाद्र २०७७, शनिबार १५:१३
  • २३८९

    विरगंज। नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

    भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

    प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना सङ्क्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १० वर्ष मुनिका उमेर समूहका सङ्क्रमित मर्नेको सङ्ख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् ।

    यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।

    नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार देशभर ९२७ जना कोरोना सङ्क्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए । प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी सङ्क्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना सङ्क्रमित मुक्त जिल्ला हुन् ।

    मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४२२, प्रदेश नं २ मा तीन हजार ८६२, वाग्मती एक हजार ६१२, गण्डकी प्रदेश १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नं ५ मा १७ सङ्क्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताउनुभयो ।

    शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् ।

    कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५७४, प्रदेश नं २ मा पाँच हजार ६५३, वाग्मती प्रदेश ५५४, गण्डकी प्रदेश ४४५, प्रदेश नं ५ मा एक हजार ५००, कर्णाली प्रदेश ४१५ तथा सुदूरपश्चिममा ८९४ जना रहेको छ ।

    यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५३६, प्रदेश नं २ मा चार हजार ५१७, वाग्मती प्रदेश ९६६, गण्डकी प्रदेश एक हजार ६८८, प्रदेश नं ५ मा चार हजार ७०८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७८९ जना रहेको छ ।

    शुक्रबारसम्म विश्वभर कोरोनाबाट आठ लाख ३६ हजार ११२ जनाको ज्यान गइसकेको छ । हालसम्म कोरोनाबाट विश्वभर दुई करोड ४६ लाख ५४ हजार ९६५ जना सङ्क्रमित भएकामा एक करोड ७१ लाख १३ हजार ७६३ जना निको भएर घर फर्किसकेका छन् । दक्षिण एसियाली देशहरुमध्ये भारतमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ३४ लाख ६१ हजार २४०, पाकिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९५ हजार ५३, अफगानिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या ३८ हजार १४०, बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ६ हजार ७९४, माल्दिभ्समा कूल सङ्क्रमितको सङ्ख्या सात हजार ४६९, श्रीलङ्कामा कूल सङ्क्रमितको सङ्ख्या दुई हजार ९८९ तथा भूटानमा कूल सङ्क्रमितको सङ्ख्या १८४ जना रहेको छ ।

    हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेहरुमा दक्षिण एसियाली देश भारत ६२ हजार ७१३, अफगानिस्तान एक हजार ४०२, पाकिस्तान ६ हजार २८३, बङ्गलादेश चार हजार १७४, माल्दिभ्स २८ तथा श्रीलङ्कामा १२ जना छन् । कोरोनाबाट हालसम्म भूटानमा कसैको पनि ज्यान गएको छैन । भूटानमा हाल ६५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

    नेपालमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन्। उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए ।

    काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् । बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् ।  रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑