वीरगंज। कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनमा उच्च रक्तचापको समस्या थियो ।
भदौ ७ गते कोरोना संक्रमण पुष्टि पछि ती पुरुष धागो कारखानमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गए राति उपचारकै क्रममा २ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार पनि तिलोत्तमाकी एक महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।