• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोनाले अबकाे केही हप्ता तथा महिना नेपालमा खराब अवस्था निम्त्याउँछ : विश्व स्वास्थ्य सङ्गठन

  • वीरगंज संजाल
  • Aug 26, 2020, 7:15 am
  • ५१५३

    वीरगंज | नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

    डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिनुभयो ।

    यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै सङ्क्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि सङ्क्रमण देखिन थाल्नु समुदायमा सङ्क्रमण व्यापक हुने सुरुवाती लक्षण भएको उहाँको भनाइ ।

    अहिले ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन थालेको भन्दै उहाँले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना सङ्क्रमण रोक्न नसके अझै धेरैको ज्यान जाने स्पष्ट पार्नुभयो ।

     

     

    तर कोरोना भाइरसका सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. भ्यान्डलियरले बताउनुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दै उहाँले कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशतमा मात्र कोरोना सङ्क्रमण भएकाे र सङ्क्रमण भएकामध्ये पनि धेरैमा सामान्य लक्षणमात्र देखिने भएकोले यो घातक नहुने जानकारी दिनुभयो । उहाँले टोल छिमेकमा सङ्क्रमण देख्दैमा आत्तिनु नपर्नेमा पनि जोड दिनुभयो ।

    नेपालमा कोरोना महामारी नियन्त्रणका तीन मुख्य चुनौती 

    डा. जोस भ्यान्डलियरले कोरोना महामारी नियन्त्रणका लागि नेपालमा तीन मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानिसको व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती रहेको बताउनुभयो ।

    नेपालमा अहिले सङ्घीयता कार्यान्वयनमा छ । यहाँ विभिन्न तहका सरकार छन् । यी सरकारबीच समन्वय महत्त्वपूर्ण हुन्छ । महामारीमा केन्द्रीय सरकारले मात्र भूमिका खेल्न सक्दैन ।

    पालिकाले सङ्क्रमित पहिचान तथा उनीहरुको सम्बन्ध केलाएर कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्छ । यहाँ सबै तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय हुनुपर्छ । यो गर्न सकिएमा महामारी नियन्त्रणमा सजिलो हुन्छ तर समन्वयमा समस्या आयो भने सङ्क्रमणको समस्या पनि थपिन सक्छ ।

    दोस्राे महत्त्वपूर्ण कुरा स्वास्थ्य सेवासँग सम्बन्धित छ । यो पहुँचयोग्य, सर्वसुलभ, उच्च गुणस्तर र वर्षभरि नै उपलब्ध हुनुपर्छ । नेपालको स्वास्थ्य सेवा थप सर्वसुलभ बनाउनुपर्छ भने गुणस्तर सुधार हुनुपर्छ । कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त स्वास्थ्यकर्मी र अस्पताल छन् कि छैनन् त्यो महत्त्वपूर्ण हुन्छ । यसको तयारी गर्नुपर्छ ।

    यस्तै सरकारले अहिले कोरोना महामारी नियन्त्रणमा लगानी गरिरहेको छ । यो बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवालगायतका सेवा प्रभावित हुन हुँदैन । यी सबैलाई सर्वसुलभ र पहुँचयोग्य बनाइरहनुपर्छ ।

    डा. जोस भ्यान्डलियरले तेस्राे चुनौती मानिसको व्यवहारलाई मान्नुभएको छ । कोरोनाबाट बच्नको लागि मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने जस्ता व्यवहार लामो समयसम्म प्रयोगमा आउनुपर्छ । तर मानिसहरु सजिलै यस्तो व्यवहार परिवर्तन गर्दैनन् ।

    मानिसलाई धुम्रपानले असर गर्छ भन्ने थाहा छ त्यही पनि चुरोट, बिँडी खान छाड्दैनन्। त्यस्तै कोरोनाबाट बच्न के गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ तर प्रयोगमा ल्याउँदैनन् । ‘मानिसलाई कोरोनाबाट बच्ने स्वास्थ्यका मापदण्ड पालना गराउन मुस्किल छ । तर जसरी भए पनि यो कुरा गर्नैपर्छ’, उहाँले भन्नुभयाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑