वीरगंज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५ हजार ८ सय ६४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३२ लाख ६६ हजार ४ सय ३० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ५८ लाख १७ हजार ३ सय ९७जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ७ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७९ हजार ५ सय ७४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार १ सय ९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख १४ हजार ८ सय ३६ पुगेको छ ।
हालसम्म ३१ लाख ३२ हजार ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ९ सय १ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ४४ हजार ३ सय ८९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १३ हजार ६ सय ७८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार २६ लाख ७० हजार ७ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय २४ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय २९ पुगेको छ । बितेको २४ घण्टामा ६७ हजार १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३० लाख ४० हजार ४ सय ९२ पुगेको छ ।
हालसम्म २२ लाख ७६ हजार ७ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय १ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय १० पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय २१ जनामा कोरोना पुष्टि भएको र १ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
हालसम्म ९ लाख ५१ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ६७ हजार ४ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ४३ पुगेको छ । हालसम्म ६ लाख ३ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने ५ लाख १ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २७ हजार २ सय ४५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख ७६ हजार ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ८४ हजार ९ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार ७ सय ३४ पुगेको छ । हालसम्म कोरोनाको कारण ५९ हजार ६ सय १० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
हालसम्म मेक्सिकोमा ३ लाख ७६ हजार ४ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ९२ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ९ सय ९२ कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९५ हजार ७ सय ८ पुगेको छ ।
त्यस्तै संक्रमितमध्ये ३ लाख ६९ हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ५८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय ३८ पुगेको छ । हालसम्म ४ लाख ७ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कुनै असर देखिएको छैन् ।