• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाइडेन बने औपचारिक रुपमा डेमोक्रेटिक उम्मेदवार, रिपब्लिकन नेताहरुको पनि समर्थन

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार १६:३५
  • २६८१

    वीरगंज। नोभेल कोरोना भाइरसको महामारीकाबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको छ । नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिकतर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिका उम्मेदवार घोषणा गरिएको छ ।

    पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन डेमोक्रेटिक पार्टीले पूर्वउपराष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।  कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन यो पटक पूर्ण रुपमा अनलाइनमार्फत भएको छ ।

    बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि बाइडेनले आफ्नो ‘रनिङ  मेट’का रुपमा कमला ह्यारिसलाई घोषणा गरेका छन् । यसअघि ह्यारिस र बाइडेनले गरेको संयुक्त सम्बोधनमा ट्रम्प अमेरिकाको असफल राष्ट्रपति भएकोभन्दै आलोचना गरेका थिए ।

    उनीहरुले अमेरिकालाई ट्रम्पले विमाजित गरेकोसमेत आरोप लगाएका थिए । सोमबारको सम्बोधनमा पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति भएको बताएकी थिइन् ।

    ह्‍वाइट हाउस जाने तेस्रोपटक प्रतिसपर्धा गरिरहेका बाइडेन मत सर्वेक्षणमा ट्रम्पभन्दा निकै अगाडि छन् । बाइडेनलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टरले पनि समर्थन गरेका छन् ।

    पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए । भिडियोमार्फत पठाइएको सन्देशमा उनले ट्र्म्पको चर्को आलोचना गरे । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएको क्लिन्टनको टिप्पणी थियो ।

    डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले भने, “यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्थ्यो । तर त्यो आँधीको केन्द्र भएको छ । त्यो लथालिंग छ ।”

    बाइडेनलाई रिपब्लिनको पनि समर्थन 
    रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले पनि जो बाइडनलाई समर्थन गरेका छन् ।  अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनमा सैन्य सेवामा हुँदा सिकेको मूल्य र मान्यता भएका बताए ।

    ती मान्यताहरू ‘पुनर्स्थापित गर्नुपरेकाले’ आफूले बाइडनलाई समर्थन गरेको स्पष्ट पारे । जर्ज डब्लू बुसको सरकारमा काम गरेका पावलले गत जुनमा ट्रम्पलाई ‘ढँटुवा’ भन्दै बाइडनलाई समर्थन गरेका थिए ।

    अन्य ६ रिपब्लिकन नेताहरूले पनि बाइडनलाई समर्थन गरेका छन् । ओहायो राज्यका गभर्नर जोन कासिचले सोमबार डेमोक्रेटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरेका हुन् ।

    बराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरेकी छन् । बाइडनले विश्व बुझेको भन्दै केरीले राष्ट्रहरूलाई एक ठाउँ नल्याई कुनै पनि समस्या समाधान हुन नसक्ने उनले तर्क गरिन् ।

    ट्रम्पको प्रतिकार
    ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूलाई ट्विटरमार्फत प्रतिकार गरेका छन् ।  उनले बाइडनलाई ‘वामपन्थी अतिवादीहरूको कठपुतली’ को संज्ञा दिएका छन् ।

    कोरोना भाइरसका कारण यो वर्षको सम्मेलन इन्टरनेटको माध्यमबाट भइरहेको छ । आगामी साता रिपब्लिनकको सम्मेलनमा पनि अनलाइनमार्फत नै हुने जनाइएको छ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो तर्कहरु प्रस्तुत गर्नेछन् र उनले आफूमाथि लागेको आरोपहरुको खण्डन गर्नेछन् । अनलाइनमार्फत भएको सम्मेलनले विगतमाजस्तो मतदातालाई उत्साहित पार्नसक्ने भन्‍ने विषयमा पनि स्पष्ट पारिएको छैन ।
    -बीबीसीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑