वीरगंज | संसारका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । कोरोना संक्रमण फैलन नदिनका लागि हामीले हाम्रो बानीमा निकै सचेत हुनुपर्ने देखिन्छ ।कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ :
साबुनले लगातार हात धुनुस् ।
हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस् ।
हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस् ।
प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस् ।
अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् ।
मानिसहरूसँग दूरी बनाउनुस् ।
आँखा, नाक र मुख नछुनुस् ।
के नगर्ने ?
खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् ।
सार्वजनिक स्थानमा नथुक्नुस् ।
काँचो र आधा पाकेको मासु नखानुस् । जीवित पशुको नजिक नजानुस् ।
खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस् ।