• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परदेशमा बलात्कृत, गर्भ बोकेर देश फर्केपछि घर न घाट

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १४:२९
  • ३३९७

    ‘मेरो बच्चा जन्मिनेबित्तिकै कसैलाई जिम्मा लगाइदिनु होला। उसको लागि राम्रो आमा खोजिदिनु होला। देख्यो भने माया लाग्छ, घर लैजान मिल्दैन।’

    ‘मेरो बच्चा जन्मिएपछि कसैलाई जिम्मा लगाइदिनु होला। उसको लागि राम्रो आमा खोजिदिनु होला,’ उनले सेल्टरमा पुग्नेबित्तिकै भनेकी थिइन्।

    बच्चा जन्माइसकेपछि जतिसक्दो छिटो उनी अर्कैलाई दिन चाहन्थिन्। किनभने उनी बच्चा लिएर घर जान सक्दिनथिन्।

    श्रीमानले सर्त तेर्स्याएका थिए– तँलाई स्वीकार्छु तर बच्चा स्वीकार्दिनँ।

    त्यही भएर सेल्टरकी कर्मचारीलाई उनले भनेकी थिइन्, ‘म्याडम, मेरो बच्चा जन्मिनेबित्तिकै ठेगान लगाइदिनु है, देख्यो भने माया लाग्छ, घर लैजान मिल्दैन।’

    साउन ४ गते उनी शिक्षण अस्पताल भर्ना भइन्। सेल्टरका कर्मचारीले नै उनलाई अस्पताल पुर्‍याएका थिए। त्यसको दुई दिन पछि उनकी छोरी जन्मिन्। ९ गते अस्पतालले डिस्चार्ज गर्‍यो र उनीहरु सेल्टर फर्किए।

    उनी छिटो छोरी कसैलाई जिम्मा लगाइदिन बारम्बार ताकेता गरिरहेकी थिइन्। सेल्टरले बालगृहमा कुरा गरिरहेको थियो। बालगृह तयार भयो, उनकी छोरी लैजान।

    १२ गते बिहान सेल्टरले आमाकै सहमतिमा बालगृहलाई बच्चा जिम्मा लगायो।

    त्यही साँझ फेसबुकमा एउटा फोटो भाइरल भयो– ‘कपनमा कार्टनभित्र बच्चा भेटियो।’

    ***
    प्रदेश ३ की ती महिला अवैध रुपमा भारतको दिल्ली हुँदै वैदेशिक रोजगारीमा गएकी थिइन्। तर, उनी १० महिनामै घर फर्किनु पर्‍यो।

    कोरोना महामारीका कारण उनी विदेशबाट फर्केकी होइनन्। घरेलु कामदारका रुपमा यूएई पुगेकी उनी साहुबाटै बलात्कृत भइन्।

    बारम्बार यौन दुर्व्यवहारमा परेपछि उनी जतिसक्दो चाँडो त्यहाँबाट भाग्न चाहन्थिन्। साहु पनि उनलाई लखेट्न चाहन्थ्यो– किनभने उनको पेटमा बच्चा हुर्किंदै थियो।

    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द थिए। त्यही भएर उनी तत्काल नेपाल फर्किन सकिनन्। पछि सरकारले चार्टर्ड उडान खोल्यो।

    अन्ततः असार ५ गते उनी नेपाल फर्किन पाइन्।

    आफू बलात्कृत र गर्भवती भएको कुरा उनले श्रीमानलाई पनि सुनाएकी थिइन्। श्रीमान् अर्काको गर्भ स्वीकार्न तयार थिएनन्। तर, उनले श्रीमतीलाई स्वीकार्ने वचन दिएका थिए।

    उनको घरमा दुई छोरी छन्। श्रीमान शारीरिक रुपमा अशक्त।

    श्रीमानले कमाउन नसक्ने भएकै कारण उनी जोखिम मोलेरै परदेश लागेकी थिइन्।

    तर जाँदाभन्दा ठूलो जोखिम परदेशबाट फर्किंदा बेहोर्नु पर्‍यो।

    काठमाडौं ओर्लिसकेपछि उनलाई पनि नेपाली सेनाले होल्डिङ सेन्टरमा लग्यो। विस्तारै अरु आआफ्ना घर गए। तर, उनीसहित १९ महिला भने एउटा गैरसरकारी संस्थाले चलाएको महिला सेल्टरमा शरण लिन बाध्य भए। किनभने उनीहरु गर्भवती थिए।

    काठमाडौं आएको डेढ महिना भइसक्यो, उनी अझै घर जान सकेकी छैनन्। बरु, उनी झन् ठूलो आपतमा परेकी छन्।

    ***
    काटनमा भेटिएको बच्चालाई बालगृहले जिम्मा लिने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नानाथरी टिप्पणी गरियो। यसबारे कयौँ सञ्चारमाध्यमले रिपोर्ट प्रकाशित गरे। युट्युबरले त खेती नै पाए। बच्चा र बालगृहका लागि भन्दै सहयोग संकलन गरियो।

    फेरि, बच्चा भेटिएको होइन, बालगृहले नै सहयोग उठाउन ‘नाटक’ गरेको आरोप लाग्यो। युट्युबरले अर्को खेती पाए।

    आमाले नै राजीखुसी जिम्मा लगाएको बच्चालाई कपनको बालगृहले किन बेवारिसे भेटिएको भनेर प्रचार गर्‍यो त?

    कानुनअनुसार बाबुआमा भएको अवस्थामा बच्चा अरुलाई जिम्मा लगाउन पाइँदैन। बेवारिसे बच्चा राख्न भने बालगृहलाई अनुमति दिइएको छ, स्थानीय प्रशासनको स्वीकृतिमा।

    ‘बच्चा जन्मिएपछि अभिभावकले नै जिम्मा लिनु पर्छ, बालबालिकाको मातृत्व, पितृत्वको अधिकार हुन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौला भन्छन्, ‘बाबुआमा भएकाले बेवारिसे भनेर अरु कसैलाई जिम्मा लगाउने अवस्था छैन। समस्या बढ्दै जाँदा राज्यले सम्बोधन गर्ला, तर आजसम्म कानुनले सम्बोधन गरेको छैन।’

    वैधानिक रुपमा सो बच्चा राख्न नपाउने भएपछि बालगृहले भेटिएको भनेर तिनलाई बेवारिसे पुष्टि गर्न खोजेको थियो।

    कपनमा बच्चा भेटिएको हल्ला उनकी आमा बसेको सेल्टरमा पनि पुग्यो। आफूले बालगृहलाई जिम्मा लगाएको बच्चा काटनमा भेटिएको भन्दै भाइरल बनेका फोटो र भिडियो उनले पनि हेरिन्।

    उनी रुन थालिन्।

    ‘मेरो बच्चा त्यसरी बिचल्ली नपार्दिनु भन्दै सेल्टरमा उनी रुन थालिन्। अनि उनलाई लिएर हामी बालगृहमा गयौँ र बच्चा लिएर आयौं,’ सेल्टरकी एक कर्मचारीले भनिन्।

    अहिले बच्चालाई आमासँगै सेल्टरमा राखिएको छ।

    तर, बच्चा फर्काएपछि आमालाई पुरानै चिन्ताले सताएको छ– अब बच्चा कसलाई जिम्मा लगाउने?

    उनका आफन्तलाई खबर गरिएको छ। तर, आमा र बच्चा दुवैलाई स्वीकार्न परिवार तयार छैन। बच्चा कसैलाई जिम्मा नलाई उनी घर फर्किन सक्ने अवस्था छैन।

    परदेश जाने, कमाइ गर्ने, छोरीहरुलाई हुर्काउने, पढाउनेजस्ता उनका सबै सपना यतिबेला नराम्ररी चकनाचूर बनेका छन्। यस्तो समस्या उनले मात्रै भोगिरहेकी छैनन्।

    सेल्टरमा उनी जस्तै अरु चार महिला पनि बच्चा जन्मने दिन पर्खिरहेका छन्। जसमध्ये कसैको बिहे पनि भएको छैन, कसैका घरमा श्रीमान् छन्। तर गर्भ श्रीमानको होइन। उनीहरुले पनि परदेशमा अनिच्छित गर्भधारण गर्नुपरेको बताएका छन्।

    उनीहरुसँगै सेल्टरमा बसेका १९ गर्भवती महिलामध्ये १४ जना घर फर्किसके। तिनलाई आफ्नै परिवार लिन आए। तर, जसको गर्भलाई परिवारले स्वीकारेन, उनीहरु घरको न घाटको भएका छन्।

    ‘यो देशले महिलाहरुलाई गर्ने व्यवहारले नै यो अवस्था निम्त्याएको हो,’ वैदेशिक रोजगार विज्ञ सरु जोशी भन्छिन्।

    सरकारले घरेलु कामदारका रुपमा विदेश जान बन्द गरेको छ। तर, नेपालबाट अधिकांश महिला घरेलु काममा नै जान्छन्। वैधानिक बाटो बन्द गरेपछि उनीहरु घर छाडेकै दिन अवैधानिक कामदार बन्न पुग्छन्। जसलाई आपत पर्दा आफ्नै राज्यले समेत खासै सहयोग गर्दैन।

    सन् २०१० मा जोशी संलग्न संस्थाले घरेलु कामदारको अवस्थाबारे अध्ययन गरेको थियो।

    ‘घरेलु काममा जाने महिला मानसिक स्वास्थ्य गुमाएर, गर्भ लिएर र बच्चा लिएर आउनेहरु पनि छन्,’ जोशी भन्छिन्, ‘संविधानको धाराले महिलाको जीवन परिवर्तन गर्दैन। मर्न भन्दा नर्क बेस भनेर जान्छन्। यसको जिम्मा सरकारले लिनुपर्छ।’

    सामान्य अवस्थामा पनि धर्मपुत्र पाल्न दियो भने पठनपाठन राम्रो हुन्छ भनेर दिने गरेको भन्दै यो असामान्य अवस्थामा सरकारले विशेष व्यवस्था गर्नु पर्ने उनले बताइन्। तर, बिचल्लीमा परेका महिलालाई गैरसरकारी संस्थाको जिम्मा लगाउन नमिल्ने उनको भनाइ छ।

    ‘यस्तो अवस्थाका महिलाको जिम्मा सरकारले लिएर उनीहरुको रोजगारी, पारिवारिक पुनर्मिलनका लागि पहल गर्नुपर्छ,’ उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑