• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि गरिएला लकडाउन ? यस्तो छ तयारी

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार ०७:१७
  • ७३४९

    वीरगन्ज | राटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा विभिन्न रूपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै १ सय २० दिन लकडाउन भोगेका देशवासीबीच फेरि लकडाउन हुने चर्चा शुरू भएको छ ।साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि संक्रमण बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ । लकडाउन खुलेसँगै देशैभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

    सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिवालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ । ‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ,’ सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने ।

    काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि साउन १५ मै गृह मन्त्रालयले बेलुकी ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश गर्ने नाकाबाट आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै उपत्यकाबाहेक जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण रूपमा बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरिसकेको छ

    सीसीएमसीका एक उच्च अधिकारीका अनुसार आवश्यक पर्दा भविष्यमा पनि छोटो समयका लागि लकडाउन गर्न सकिनेबारे छलफल चलिरहेको छ । ‘अहिलेचाहिँ सेक्टर–सेक्टरमा लकडाउन भइरहेको छ,’ ती पदाधिकारीले भने, ‘काठमाडौं उपत्यकाको हकमा पनि दुई सातासम्म बन्द गरेर सामान्य अवस्थामा ल्याउनुपर्ने हुन्छ ।’

    ती अधिकारीका अनुसार संक्रमण हुनेको दर नियन्त्रणमै रह्यो भने बढी मानिस जम्मा भएर सेवा लिने कार्यालयहरूलाई केही समय बन्द गर्ने विषयमा छलफल भइरहेको छ । त्यसमा सवारी लाइसेन्स बनाउने यातायात व्यवस्था कार्यालय, महसुल तिर्न लाइन लाग्नुपर्ने पानी, विद्युत् जस्ता कार्यालयहरू पर्छन् । ‘कपडाको पसल, रेस्टुरेन्टहरू बन्द गर्नुपर्ला, अब खोल्ने र बन्द गर्नेमा हामी अभ्यस्त हुनुपर्छ,’ ती पदाधिकारीले भने ।

    बिनातयारी लकडाउन खुकुलो

    सीसीएमसीस्थित उच्च स्रोतका अनुसार सरकारले सीसीएमसीमा रहेको विभिन्न निकाय तथा विज्ञहरूले दिएको सुझाव नसुनेर आफूखुसी लकडाउन खुकुलो पारेको आरोप लगाएका छन् । नाम उल्लेख नगर्ने सर्तमा कान्तिपुरसँग कुराकानी गरेका ती उच्च अधिकारीका अनुसार ४/५ वटा मुख्य विषयहरू पूरा नभएसम्म लकडाउन खोल्न हुँदैन भन्ने विज्ञहरूको सुझाव थियो ।

    ‘सुरुआतदेखि नै लकडाउन खुलाउने कुरामा मतान्तर थियो । त्यही हिसाबले कुरा पनि राख्यौं तर सरकारले सबैको कुरा सुन्नुपर्‍यो नि ?’ उनले भने, ‘करिब ४ महिना लकडाउनले दिएको समयको सदुपयोग गर्नुपर्ने थियो । त्यो हुन सकेन भन्ने विज्ञहरूको कुरा थियो । त्यसैले लकडाउन खोल्नुअघि ध्यान दिनुपर्ने विषयहरू अगाडि सारेका थियौं ।’

    उनका अनुसार विज्ञहरूको पहिला असन्तुष्टि लकडाउनको समयमा परीक्षणको दायरा नबढाएकोमा थियो । ‘दोस्रो विषयचाहिँ जसरी अस्पतालहरूको क्षमता बढाउनुपर्थ्यो, त्यो भएन भन्ने हो,’ उनले भने, ‘कुनै–कुनैले राम्रो काम गरेका छन् तर सबै अस्पतालमा सोचेजस्तो क्षमता अभिवृद्धि हुन सकेन ।’

    ती उच्च अधिकारीका अनुसार काठमाडौं उपत्यकामा एकै पटक धेरै संक्रमित देखिएर अस्पताल भर्ना हुनुपर्ने भए अवस्था भयावह हुने डर छ । विज्ञहरूले प्रमुख रूपमा उठाएको तेस्रो विषय कोरोना संक्रमित तथा शंकास्पद बिरामीको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अत्यावश्यक मानिएका स्वास्थ्य सामग्रीको जोहो पनि हो । उनीहरूले विभिन्न सेवा प्रदायकलाई आफ्नो सेवा सुचारु गर्न अनुमति दिने विषयलाई पनि प्रमुखतासाथ उठाएका थिए । ‘सरकारले अनुमति दिँदा ती सेवा प्रदायकले सामाजिक दूरी कायम गर्ने, स्वाथ्यलाई असर नगर्ने गरी सेवालाई सुरक्षित ढंगले प्रवाह गर्न सक्छन् कि सक्दैन भन्ने चुनौती थियो,’ उनले भने ।

    ती अधिकारीका अनुसार अहिले सीसीएमसी आफैं पनि विज्ञहरूले दिएका ती सुझावलाई सरकारले बेवास्ता गरेर एकपक्षीय रूपमा निर्णय गरेकाले संक्रमण बढेको हो भन्ने निष्कर्षमा पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १४ गते कोरोना परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जसअनुसार अब कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि केबल पीसीआर तथा एन्टिजेनमा आधारित द्रुत परीक्षण गर्नुपर्छ ।

    सरकारले नयाँ मापदण्डमा संलग्न गरेको एन्टिजेनमा आधारित द्रुत परीक्षण भनेको पीसीआर परीक्षणसरह नै भएको दाबी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले गरे । यस्तै मन्त्रालयले विवादित आरडीटी विधिबाट गरिने एन्टिबडी परीक्षणलाई पनि पूर्ण रूपमा बन्द गरेर त्यसको स्थानमा सेरोलोजी परीक्षण गर्ने बताएको छ । ‘हाललाई सेरोलोजी परीक्षण भनेको केबल सर्भेलेन्सका लागि मात्रै हो,’ उनले भने, ‘सेरोलोजी परीक्षण भनेको सीएलआईए र ईएलआईएसए विधिबाट गरिने एन्टिबडी परीक्षण हो । जुन आरडीटी परीक्षणभन्दा धेरै भरपर्दो हुन्छ ।’

    यस्तै स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउँदै अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाजस्ता लक्षण देखिएकाहरूको पनि पीसीआर परीक्षण गर्ने भएको छ । यसका साथै संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्टलाइनमा काम गर्नेहरूका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर परीक्षण गरिनेछ । कान्तिपुर दैनिकमा – स्वरूप आचार्य र जगदीश्वर पाण्डेले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑