वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामदरस प्रसाद कुश्वाहमा कोरोना पुष्टि भएको छ ।नारायानी अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको रिपोर्टमा वडा अध्यक्ष कुश्वाहलाई कोरोना सङ्क्रमण लागेको पुष्टि भएको हो ।
विगत ४-५ दिनदेखि सामान्य ज्वरोले सिकिस्त उनमा कोरोनाको शङ्का लागेपछि उनले शुक्रबार आफ्नो कोरोना परिक्षणका लागि स्वाब जम्मा गराएका थिए । वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित श्रीपुर विद्यापीठ विद्यालयमा चलिरहेको ‘एक-घर एक कोरोना परिक्षण’ शिविरमा गएर कुश्वाहले आफ्नो स्वाब जम्मा गराएका उनका परिवारका एक सदस्यले जानकारी दिए ।
आज साँझ नारयानी अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना पुष्टि भएका ३८ व्यक्तिमा एउटा कुश्पवाहपनि हुन् ।‘केहि ४-५ दिनदेखि उनलाई सामान्य ज्वरो र रुघा खोकी थियो, अनि हामीले उहाँलाई गएर आफ्नो कोरोना परिक्षण गराउँन आग्रह गर्यौं,’ उनका परिवारका एक सदस्यले भने, ‘उनि ज्वारो आएदेखिनै हामीसँग छुटेर बस्दै थिए, घरको छुट्टै कोठामा उनले आफूलाई आइसोलेट गरेका थिए । आज साँझ ६ बजे उनमा कोरोना भएको भनेर खबर आयो ।’
कोरोना पुष्टि भएपछी उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताए । उनले कुश्वाह बसेको कोठालाई लक गरिएको जानकारी गराए । ‘उहाँ बसेको कोठालाई लक गरेका छौं, भोली सेनीटाइज गरेर मात्र त्यो कोठा खोल्छौं,’ उनले भने ।yatradaily