• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १६ दिनमा पर्सामा मात्रै २ सय ४६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

  • वीरगंज संजाल
  • १७ श्रावण २०७७, शनिबार ०७:२६
  • ७४३७

    वीरगन्ज | प्रदेश २ का तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना फैलिएपछि कहाँ कमजोरी भयो भन्ने पहिल्याउन प्रदेश सरकारले गत बोलाएको बैठकमा आरोप–प्रत्यारोप चल्यो । मुख्यमन्त्री लालबाबु राउतले सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यलाई ‘पैसा लिएर नाकामा मानिस छिराएको’ आरोप लगाए । उनले भन्दै सीमामा कडाइ गर्न निर्देशन दिए ।

    लगत्तै डीआईजी ब्रह्मचार्यले पर्सा र सप्तरीका बीओपी प्रमुखलाई बोलाएर थप कडाइ गर्न निर्देशन दिए । संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै प्रदेश २ का नाकालाई पनि खुकुलो पारियो । कोरोना फैलिनुमा प्रदेश सरकारले यसैलाई प्रमुख कारण मानेको छ ।

    लकडाउन अन्त्यपछि अपनाउनुपर्ने सावधानीमा नागरिक लापरवाह देखिए । कोरोना संक्रमणले मृत्यु भएका राजविराजका व्यापारी लकडाउनमै परिवारका सदस्यलाई लिएर भारतको राजधानी नयाँदिल्ली पुगे । पछि बिनारोकटोक राजविराज फर्किए । स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उनी अस्पताल पुगेका थिए ।

    नाकाको निगरानीमा लापरबाही, बजार र होटल खोल्दा स्वास्थ्य सजगताको ख्याल नगर्नु र सरकारी अस्पताललाई उपकरणयुक्त नबनाउनुलगायतका संक्रमण बढाउने कारक भए । ‘कोरोना रोकथामका लागि सुरक्षा मापदण्ड अपनाउनै छोडिदिए, यसमा सरकार र जनता सबै दोषी छन्,’ जनकपुरका वरिष्ठ चिकित्सक डा. विजय सिंहले भने, ‘संक्रमितको संख्या नबढोस् भनेर लकडाउन गरिन्छ । त्यही बीचमा स्वास्थ्य संस्थाको क्षमतामा विस्तार गर्नुपर्छ तर लकडाउनमा आधारभूत काम पनि सरकारले गर्न सकेन । परिणामस्वरूप अहिले संक्रमण बढ्यो । अस्पताललाई पैसा मात्र दिएर हुन्न । परीक्षण र उपकरण बढाउने र सचेतनामा पनि ध्यान दिनुपर्छ ।’

    करिब ४ महिना लामो लकडाउन अन्त्यको घोषणा गरेको तीन दिन नबित्दै स्थानीय प्रशासनले वीरगन्ज महानगर क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्‍यो । विस्तारै जीवन सहज बन्दै गएको अवस्थामा बढ्दो संक्रमणले एकपटक फेरि जनजीवन त्रासमय बनेको छ । विगतमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूमा देखिँदै आएको संक्रमण पछिल्लो समय स्वेच्छाले परीक्षण गराएका र कुनै ‘ट्राभल हिस्ट्री’ पनि नभएका विभिन्न पेसा–व्यवसायका व्यक्तिमा संक्रमण देखिन थालेपछि वीरगन्जमा त्रास छ । साउनयता सेना, प्रहरी, उद्योगका सीईओ, चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीसहित २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । १० जनाको मृत्यु भएको छ ।

    साउनबाट पर्सा जिल्ला कोरोनामुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए । गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्रै भर्ना थिए । जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाइन पनि खाली हुने क्रममा थियो । पछिल्ला १६ दिनमा पर्सामा २ सय ४६ जना संक्रमित थपिएका छन् । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ ।

    गत चैतदेखि नै संक्रमितको उपचारमा संलग्न नारायणी अस्पतालका डा. नीरजकुमार सिंहका अनुसार वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा लुकीछिपी आएका भारतीय मजदुरबाट वीरगन्जमा कोरोना संक्रमण फैलिएको हो । ‘साउनयता संक्रमण पुष्टि भएका व्यक्ति अधिकांश उद्योग तथा व्यापारिक प्रतिष्ठानसँग जोडिएका अथवा सम्पर्कमा आएकाहरू छन्,’ कान्तिपुरसँग डा. सिंहले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा पनि उनीहरूकै सम्पर्कमा आएका व्यक्तिमा पोजिटिभ पाइएको छ ।’

    उद्योग तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने व्यक्तिमा ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगे र उनीहरूबाट चिकित्सक र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको उनले जनाए ।

    महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार असारमा वीरगन्जमा नयाँ केस थिएनन् । भारतमा रेलवेलगायत अन्य सवारीसाधन सञ्चालनमा आएपछि सयौंको संख्यामा नेपाली भित्रिए । ‘त्यसबेला गाउँ–गाउँमा निगरानी समूह थिए,’ महतो भन्छन्, ‘भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा पठाउन गाउँलेले नै खबर गरिदिन्थे तर महानगरमा त्यसो हुन सकेन । उद्योगहरू सञ्चालनमा आएपछि सयौं भारतीयलाई लुकाइछिपाइ ल्याइयो ।’

    नाकाको जिम्मेवारी लिएका निकायले यसको जवाफ दिनुपर्ने उनको धारणा छ । ‘असार दोस्रो साता जब सीमावर्ती रक्सौल बजारमा एक सय हाराहारीमा कोरोना संक्रमित देखिएका थिए, त्यही बेला नै मैले सबैलाई सतर्क रह्न सावधान गराएको थिएँ,’ महतोले भने, ‘महको बथानबाट आएका व्यक्तिले केही न केही बोकेर आउँछन् नै । व्यापारिक केन्द्र भएकाले वीरगन्जले त्यसको मोल चुकाउँदै छ ।’

    वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा सयौं भारतीय कामदार र कर्मचारी काम गर्दै आएका छन् । सरकारले तोकेको नाकाबाट नआई उनीहरू लुकीछिपी भारतबाट आएर काममा लागे । जसले गर्दा आफू पनि संक्रमित भए अनि अरूमा पनि संक्रमण फैलाए ।ekantipu

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑