• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगम पनि बढाउने तयारीमा

  • वीरगंज संजाल
  • Jul 27, 2020, 11:09 pm
  • २५२९

    वीरगंज। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन् ।

    यसअघि निगमले असार २६ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक÷एक रुपैयाँले मूल्य बढाएको थियो । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर रू १०२, डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्री वितरण हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले गत जुलाई १६ तारिखमा पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई रु छ करोड आठ लाख घाटा भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार गत जुलाइमा भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा रु दुई रुपैयाँ ६७ पैसाले मूल्य वृद्धि भएता पनि निगमले नेपालमा मूल्य वृद्धि गरेन । जसका कारण निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेलमा प्रतिलिटर रु पाँच वरिपरि घाटा ब्यहोरेको थियो ।

    पछिल्लो एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएको र भारतीय बजारमा डिजेलको मूल्यलगातार बढिरहेका कारण निगम घाटा धान्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ । कोरोना महामारी र बन्दाबन्दीबाट विश्व क्रमशः पुरानै लयमा फर्किन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा भारी मूल्य वृद्धि हुन थालेको छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑