पर्सा | कृष्णा प्रसाद कुशवाहा | पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ७ रानीगंजमा आज बिहान बाटो को बिषय लाई लिएर झडप भएको छ । झडपमा १ जना महिला सहित ३ जना घाइते भएका छन् । घाईते हुनेमा बाटो बनाउन कोलागी बानाईएको उपक्ता समिती को अध्यक्ष रामायण राम र उन्का पक्षको भन्टु राम रहेका छन भने ,पिडित पक्षको संजु कुमारी राम रहेका हुन ।
कहि ८ फीट र कहि १० फिट बाटो बनाई रहेको बेला सथानिय संदिप राम र लालदेव राम ले सो मा बिरोध गर्दै केही समय रोके का थिए । सो बाटो ८लाख मा ९८ फीट बाटो बाउन रहेको रकम को बिवरण र होडिंग बोर्ड नरहेको देखे पछी रोके का थिए ।
आज बिहान संजु कुमारी राम को परिवार ले आफनै घर अगाडी रहेको माटो हटाउन लागदा उपभोक्ता समितिका अध्यक्षले रोकन खोजदा दुबै तर्फ बिच झगडा भएको हो । महिला संजु कुमारी घाईते भएको र उनको नाक ,मुख ,ओठ टाउको ,मा चोट लागेको र उनि संगै अध्यक्ष रामायण राम र भन्टु राम को उपचार पोखरिया अस्पताल मा भईरहेको छ ।