इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ । हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ । उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ ।पाण्डे कडायतको अवकाशपछि उपरथीमा बढुवा हुने लाइनमा छन् ।
निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन् । उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् ।पौडेलको ठाउँमा सहायक रथी अरुण पाल पठाइएका छन् ।