• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र

  • वीरगंज संजाल
  • Jun 30, 2020, 10:07 pm
  • १९१७

    काठमाण्डौ – सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले यस आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको हो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माण सुरु गरेको छ । यही असार ८ गते आयोजनाको कामलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टलाई परामर्शदाताको रुपमा नियुक्त गरिएको थियो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका लागि अर्को महत्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका २ सार्दी खोलाको भराभरीमा निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य गएको वैशाख २२ गतेदेखि सुरु भएको हो । कुल पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको सुरुवातमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ । आउँदो २७ महिना भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम सुरु गरिएको छ । भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका १९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालिनेछ ।

    आयोजनाबाट उत्पादित विद्युत् चार कीमी टाढा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । एक अर्ब २० करोड रुपैयाँ लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गएको माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो । सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रसारण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ ।

    आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपुँजीका रुपमा लगानी हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑