• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    सुस्मिता हत्या प्रकरण : ससुराको बलात्कार प्रयास, परिवार नै मिलेर हत्या

  • वीरगंज संजाल
  • १५ असार २०७७, सोमबार २१:३७
  • १७७३

    Shares

    हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको हो ।

    छोराको मृत्युसँगै परिवारमा किचलो

    सुस्मिताका पति अर्थात् प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २६ असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यससँगै थापा परिवारमा किचलो सुरु भयो ।परिवारका सदस्यहरूले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै मानसिक यातना दिँदै आएका थिए ।त्यो विवादमा पैसा जोडिएको थियो । रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो ।

    यो रकमकाे हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए।यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।यही दुई कारणले परिवारका सदस्यहरू मिलेर सुस्मिताको हत्या भएको देखिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।

    कसरी भयो हत्या ?

    प्रहरीका अनुसार घटना योजनाबद्ध रूपमा भएको देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।उनी भुइँमा लडिन् । त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि उनी गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आइन् । तर बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरे । भुइँमा लागेको रगत सफा गरे, कपडामा लागेको सबै रगत फखाले ।

    छोरीलाई बाहिर पठाएपछि प्रकाशले भित्रबाट चुकुल लगाए र आल्मुनियमको स्लाइडिङ झ्यालबाट झ्यालबाट बाहिर निस्किए ।भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो। प्रहरीका अनुसार घटना भएको दिन नन्द दूर्गा भने काठमाडौंमा रहेको पाइएको छ ।हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरूलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रूर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैदसम्म सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण
  • आज बिहिवार – ०८ माघ २०७७ को राशिफल
  • अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न
  • प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

    कंगनाको ट्वीटर अकाउण्टमा अस्थायी रोक

    जो बाइडेनले लिए सपथ, बने ४६ औं अमेरिकी राष्ट्रपति

    मिर्गाैला क्यान्सर हुने पाँच मुख्य कारण

    पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

    ४६ वर्षमा पनि २६ वर्षकी जस्तो देखिन के गर्छिन् ऐश्वर्या ?

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

    कंगनाको ट्वीटर अकाउण्टमा अस्थायी रोक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    समाचार
    News

    मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

    News

    आज बिहिवार – ०८ माघ २०७७ को राशिफल

    News

    अमेरिकामा कमला ह्यारिसको शपथ ग्रहण सम्पन्‍न

    News

    प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

    News

    कंगनाको ट्वीटर अकाउण्टमा अस्थायी रोक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑