• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनमा अलपत्र पर्यटकसँग गृहले उठायो भिसा शुल्क

  • वीरगंज संजाल
  • २ असार २०७७, मंगलवार २०:४१
  • २६८५

    काठमाडौं । ‘विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं, तपाईंहरूले नेपालमा फसेका हाम्रा नागरिकलाई किन भिसा  शुल्क लगाइरहनु भएको छ ?’ अध्यागमन विभाग र पर्यटन बोर्डका अधिकारीहरूले सोमबार र मंगलबार नेपालस्थित विदेशी दूतावासबाट बारम्बर यस्ता प्रश्नको समाना गर्नुपर्‍यो।गृह मन्त्रालयले नेपालमा थुनिएका पर्यटकको भिसा नवीकरण गर्दा अध्यागमन विभागमार्फत पुरानो नियमअनुसार नै भिसा शुल्क उठाउन थालेपछि विदेशस्थित दूतावासहरूले यस्तो प्रश्न लिएर गृह धाउन थालेका हुन् ।  जरिवानाबापतको राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग जरिवाना असुल्ने क्रम चुलिएपछि नेपालमा रहेका विभिन्न देशका दूतावासहरूको नेपाल सरकारको नीतिको आलोचना गरेका छन् ।करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटनसँग असार १ र २ गते भिसा नवीकरण गर्दा विभागले दैनिक ३ डलरका दरले भिसा शुल्क उठाएको हो। यसअघि गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा नवीकरण गर्ने निर्णय गरेको थियो ।

    विगतमा जरिवाना नलिनेबारे दिइएको सूचना

    तर लकडाउन लम्बिएपछि गृहले नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने एक जुक्तिस्वरुप विलम्ब शुल्क र जरिवाना नलिने तर, भिसा शुल्क लिने निर्णय गर्‍यो ।

    नकारात्मक सन्देश गयो- पर्यटन बोर्ड

    सो निर्णयले आफूहरू मर्कामा परेको भन्दै पर्यटकले सम्बन्धित दूतावास, पर्यटन बोर्ड र अन्य निकायमा गुनासो गरे । नेपालमा तीन महिनाभन्दा लामो समयदेखि थुनिएका पर्यटकसँग दुई दिनसम्म अध्यागमनबाट पैसा उठाउन लागिएपछि पर्यटन बोर्डमा धेरै गुनासा आएका छन् ।बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्यय रेग्मीका अनुसार लकडाउनपछि आफ्नो मुलुकले उद्धार नगरेका, नेपाल नै सुरक्षित छ भनी यतै रोकिएका, चार्टर्ड उडानको टिकट काट्न नपाएका विदेशीहरू नेपालमा छन् । यसको यकिन तथ्यांक नभए पनि १२ देखि १५ सय हाराहारी विदेशी पर्यटक नेपालमै रोकिएको उनले जानकारी दिए ।बेखर्ची भएर रोकिएका पर्यटकसँग सरकारले नै पैसा उठाउन थालेपछि नकारात्मक सन्देश प्रवाह भएको सीईओ रेग्मीले बताए ।‘हामीले पर्यटकको भावनालाई बुझेर रकम नउठाउन आग्रह गरेका हौं,’ उनले भने, ‘संकटका बेला जरिवाना लगाउने होइन, अहिले खुसी बनाएर राख्ने हो, सबै ठिकठाक भएपछि त पर्यटक आफैँले खर्च गरिहाल्छन् नि ।’

    अब लिन्नौं : अध्यागमन

    व्यापक गुनासो र आलोचनापछि भने गृहमन्त्रालय आफ्नो निर्णयबाट पछि हट्ने तयारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक  रमेशकुमार केसीले आजै मन्त्रालयले ‘साविक कै निर्णयअनुसार गर्ने’ निर्णय भएको जानकारी दिएका छन् ।‘आज मन्त्रीस्तरीय निर्णयबाट साविकमा भएकै निर्णयअनुसार गर्ने भन्ने आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘भोलिबाट हामी कुनै पनि प्रकारको शुल्क नलिई पर्यटकको भिसा नवीकरण गर्छौं ।’

    मानवीयताका हिसाबबाट पनि थुनिएका पर्यटकसँग जरिवाना लिनु उचित नहुने भएकाले मन्त्रालय साविककै निर्णयमा फर्किने उनको भनाइ छ। अब बढीमा सात दिनसम्म विभागले विनाकुनै शुल्क भिसा नवीकरण गर्ने भएको छ ।तर लकडाउन सुरु भएको ११ चैतभन्दा अगाडि नै भिसा अवधि सकिएका तर आफ्नै लापरवाहीले नवीकरण नगरेका विदेशी नागरिकको हकमा भने नियमअनुसार नै हुने महानिर्देशक केसीले जानकारी दिए ।यो ट्राभल भिसामा आएकाको हकमात्रै होइन अन्य प्रयोजनका आएका व्यक्तिको हकमा समेत नियमानुसार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑